चाडपर्व लक्षित अनुगमन आजदेखि, ‘चिनीलगायत खाद्यवस्तुको छैन अभाव’

७ असोज, काठमाडौं ।

सरकारले चाडपर्वलाई लक्षित गरी आजदेखि संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । गएको असोज एक गतेदेखि नै अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । उनका अनुसार अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ ।

यस्तो अनुगमन प्रदेश सरकार र पालिकाले पनि गर्नेछन् । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।

यस्तै विभागले, नापतौल र गुणस्तरबारे हुने ठगीबाट बच्न गुणस्तर तथा नापतौल विभागले एक हप्ताको सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । काठमाण्डौ महानगरपालिकाले पनि दैनिक अनुगमन गर्ने जनाएको छ ।

अनुगमनकै लागि महानगरले विभागसँग प्रतिनिधि माग गरेको छ । विभागका प्रवक्ता शिवराज सेढाईँका अनुसार अनुगमन गर्न सामान्य प्रशासन मन्त्रालयबाट १०÷१२ जना कर्मचारी थपिएका छन् । दशैँमा धेरै कारोबार हुने वस्तु, लत्ताकपडा, मसला, खाद्यन्न, मासु पसलमा अनुगमन गरिरहेको उनले बताए ।

अनुगमनको क्रममा मुख्यतः बिलबिजक र स्टिकरको समस्या देखिएको उनले बताए । त्यस्ता व्यवसायीलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने उनको भनाइ छ ।

यसैबीच बजारमा चिनी लगायतका खाद्यवस्तुको अभाव नभएको विभागले जनाएको छ । चाडपर्व सुरु भएसँगै बजारमा चिनी लगायतका केही खाद्यवस्तुको अभाव भएको भन्ने हल्ला फैलाएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

विभागका अनुसार बजारमा तीन महिनाभन्दा धेरै अवधिलाई पुग्ने चिनीको स्टक छ । तीन महिनासम्मका लागि मौज्दात भएकाले आत्तिएर अहिलै सञ्चित गरेर नराख्न विभागले आग्रह गरेको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top