बैतडीमा व्यापारी मृत फेला

६ असोज ७८, बिहीबार

७ असोज, बैतडी ।

Advertisement

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँ बजारमा मासु पसल संचालन गर्दै आएका एक व्यापारी मृत भेटिएका छन् ।

सुर्नया–४ लेकडाँडाका स्थानीय रहेका ४५ वर्षीय कमलसिंह महरा आज बिहीबार बिहान पसल नजिकै मृत फेला परेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

Advertisement

महराको शव स्थानीयले बिहीबार बिहान साढे ६ बजे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।स्थानीय गणेश भाटका अनुसार मृतकको शव राम महरा र हिक्मत महराको पसल अगाडि भेटिएको हो ।

मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । मृतकको टाउको, छाती र शरिरका बिभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानबिन गरिनुपर्ने स्थानीय प्रताप महराले बताए ।

Advertisement

इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top