उडिसाका मिठाई पसलेले २० वटा कुकुरलाई विष खुवाएर मारे

६ असोज ७८, बिहीबार

७ असोज, उडिसा ।

Advertisement

भारतको उडिसामा एक व्यक्तिले २० ओटा कुकुरलाई विष खुवाएर मारेका छन् । उडिसाको कटाक जिल्लाका मिठाइ पसलेले ती भुस्याहा कुकुर मारेका हुन् । रातभर भुकेको र विहान उठ्दा पसलमा फोहर गरेको झोंकमा उनले कुकुर मारेको बताएका छन् ।

मिठाइ पसल नजिकैको एउटा खोंचमा १० ओटा कुकुर फालेको स्थानीयले देखेपछि ती पसलेमाथि शंकाको सुई तेर्सिएको थियो । बाँकी दश ओटा मृत कुकुर पसलबाट केही किलोमिटर टाढा भेटिएका थिए ।

Advertisement

रातभर कुकुर भुकेर सुत्न नपाएपछि आफूले खानेकुरामा विष हालेर कुकुर मारेको उनले स्वीकारेका छन् । हाल प्रहरी हिरासतमा रहेका उनलाई भारतको दण्ड सँहिता र जनावरसम्बन्धी ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top