NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

दशैंअघि नै सिनेमा हल खुल्ने, एक दर्जन चलचित्रको प्रदर्शन मिति तोकिँदै

शुक्रबार अशोज ८ , २०७८
Reading Time: 1 min read
A A
दशैंअघि नै सिनेमा हल खुल्ने, एक दर्जन चलचित्रको प्रदर्शन मिति तोकिँदै

Movie premiere event at cine theatre. Cinema white blank screen at dark movie hall interior with empty red seats vector background

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ असोज, काठमाडौं ।

कोभिड–१९ का कारण प्रदर्शनको तयारीमा रहेर पनि पछि हटेका अधिकांश चलचित्रले प्रदर्शन मिति पुनः तय गर्न सकेका छैनन् । ११ चैत ०७६ देखि भएको पहिलो लकडाउन र १६ वैशाख ०७८ मा भएको दोस्रो लकडाउनका कारण चलचित्र क्षेत्र नै अन्योलमा परेको छ ।

पहिलो लकडाउन खुलेपछि चलचित्र चहलपहल सुरु हुन लागेको थियो । चलचित्र निर्माण घोषणा हुने, छायांकनमा जाने र प्रदर्शन हुने क्रमसमेत सुरु हुँदै थियो । पहिलो लकडाउन सकिएपछि निर्माता, निर्देशकहरू ‘अब ठिक भयो’ भन्ठानेर जुर्मुराउन थालेका थिए ।

LS Auto

तर, फेरि कोरोना संक्रमण बढ्न पुग्यो, जसकारण सरकारले पुनः पहिलाको भन्दा अलि कम कडाइका साथ लकडाउन लागू गर्यो । अहिले लगभग सबै क्षेत्र खुलिसकेको छ । तर दशै, तिहार सम्मुखमा हुँदासमेत चलचित्र प्रदर्शन गर्न निर्माता, निर्देशक तात्तिएका छन्, न हल सञ्चालक हल खोल्न आतुर छन् ।

‘यो दशैंमा त जसरी पनि हल खोल्छौ,’ निर्माता तथा हल व्यवसायी अशोक शर्माको दावी छ, ‘हल नखेलेसम्म चलचित्र क्षेत्र चलायमान हुन्न । चलचित्र क्षेत्र चलायमान हुन पनि चलचित्र चल्नुपर्छ ।’ निर्मातालाई हल सञ्चालक तथा चलचित्र विकास बोर्डले केही राहत दिएर भए पनि चलचित्र प्रदर्शन गर्न लगाउनुपर्ने उनको धारणा छ ।

उता, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल पनि आफू कोरोना प्रभावित चलचित्रलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा चिन्तित रहेको बताउने गर्छन् । ‘म हरदम चलचित्र क्षेत्र गतिशील बनाउनका लागि प्रयत्नरत छु,’ उनले भने, ‘शीर्ष नेता, निर्माता, हल व्यवसायी तथा सम्बन्धित संघसंस्थासँग छलफलमा जुटिरहेका छौ । छिट्टै केही ठोस निर्णय आउने छ ।’

सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराख्ने गरेकाले निर्माताको करोडौ लगानी डुबिरहेको तथा हजारौं कलाकार, प्राविधिक बेरोजगार हुने अवस्थामा पुगेको चलचित्रकर्मीहरू बताउँछन् ।

यद्यपि, देशभरका हल सञ्चालनमा नआए पनि, हलमा चलचित्र प्रदर्शन नभए पनि, केही कलाकार तथा प्राबिधिक भने म्युजिक भिडियो तथा टेलिचलचित्र, वेबसिरिजमा ब्यस्त हुने गरेका छन् । तर, पछिल्लो समय युट्युव भ्युज तथा आम्दानी निकै कम भइरहेकाले म्युजिक भिडियो निर्माताहरू पनि अन्योलमा छन् ।

कोरोना संक्रमणको सुरुवातअघि प्रदर्शन मिति तोकेका केही चलचित्र एकाएक स्थगित भए । ती चलचित्र हुन्, फूलमान वलको ‘नीरफूल’, सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु–२’, शिवहरि पौडेल निर्देशित ‘लक्का जवान’, निकेश खड्का निर्देशित ‘चपली हाइट–३’, ‘प्रेमगीत–३’, रञ्जित रौनियार निर्देशित ‘माइकल अधिकारी’ र साकार पन्त निर्देशित ‘हिजो आजका कुरा’ ।

१६ फागुन ०७६ मा ‘धुलो’ नामक चलचित्र प्रदर्शन भएको थियो । २३ फागुनमा ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा टाइगर श्राफ अभिनित हिन्दी चलचित्र ‘बागी–३’ प्रदर्शनमा आयो ।

जसकारण सो चलचित्रसँग आफ्नो चलचित्र जुधाउन निर्देशक थापा डराए । उनले एकाएक आफ्नो चलचित्र एक साता पर सारे । अर्थात् उनको चलचित्रले नयाँ प्रदर्शन मिति तोके– ३० फागुनलाई । उक्त मितिमा ‘नीरफूल’ प्रदर्शन हुने तयारीमा थियो । तर कोभिड–१९ का कारण देश नै बन्द गर्ने चर्चा चल्न थाल्यो । फलस्वरूप चलचित्र प्रदर्शन स्थगित गर्न बाध्यता आइहाल्यो ।

२१ चैतमा ‘लक्का जवान’ र त्यसको एक सातापछि ‘प्रेमगीत–३’, ‘माइकल अधिकारी’ र ‘चपली हाइट–३’ ले प्रदर्शन मिति तोकेका थिए । त्यसैगरी, १२ वैशाख ०७७ मा ‘हिजो आजका कुरा’ प्रदर्शन हुने तयारीमा थियो ।

अहिले आएर यी कुनै चलचित्रले पनि नयाँ प्रदर्शन मिति तोकेका छैनन् । न त यी चलचित्रका निर्माताले दोस्रो लकडाउनअघि खुलेको बेलामा चलचित्र प्रदर्शन गर्ने तत्परता देखाए । पहिलो लकडाउन खुलेपछि भने आधा दर्जन बढी फिचर चलचित्र निर्माण भए ।

चलचित्र हुन्– ‘श्री’, ‘लक्ष्मीपूजा’, ‘कृष्ण लीला’,‘डिसेम्बर फल्स’, ‘गणपति’, ‘लोभीपापी’, ‘गोवर गणेश’, ‘बिहे पास’ लगायत । जयकिशन बस्नेत र सोभित बस्नेत टिमले निर्माण गरेको ‘लोभीपापी’ र ‘लक्ष्मीपूजा’ केही टिभीमा प्रसारण भइसकेको छ । ती चलचित्र हलमा भने आउने छैनन् ।

गत माघमा हल खुलेपछि शिव श्रेष्ठको ‘यस्तो एउटा प्रेमकहानी’, ‘गोर्खे’, ‘श्री’ र ‘गुडफ्रेन्ड’ हलमा प्रदर्शन भए । लगत्तै दोस्रो लकडाउन भयो । त्यसपछि गत भदौमा पचास प्रतिशत दर्शकका साथ काठमाडौका मात्रै हल खोल्न पाउने अनुमति सरकारले दिए पनि निर्माताले आफ्नो चलचित्र लगाइहाल्ने मनस्थिति बनाएका छैनन् । यद्यपि, दशैको सम्मुखमा केही अघि नै निर्माण भएको ‘धन्दागिरी’ र सोभित बस्नेतले भर्खरै सुटिङ सकाएको ‘डाडाँको वरपीपल’ प्रदर्शन गरिने घोषणा भएको छ ।

हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले आफूहरूले मोफसल हल पनि पूर्णरूपमा सञ्चालन गर्न दिन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको र अधिकांशबाट सकारात्मक प्रतिक्रिया आएकाले दशैअघि हल खुल्ने विश्वास व्यक्त गरेका छन् । ‘दशैं अघि हल खुल्छन् । हामी करिब एक दर्जन चलचित्रको प्रदर्शन मिति तोकेरै अघि बढ्ने तयारीमा छौं,’ प्रधानले भने ।

दोस्रो लकडाउनअघि चैत्र अन्तिममा ‘कृष्ण लीला’ र ‘लप्पन छप्पन–२’ ले प्रदर्शनको मिति तोकेर प्रचार पनि सुरु गरिसकेका थिए । तर, स्थगित गर्नु पर्यो । केही दिनअघि ‘लप्पन छप्पन–२’ ले १३ फागुनमा चलचित्र प्रदर्शन गर्ने नयाँ मिति सार्वजनिक गरेको छ । त्यसैगरी, निर्मात्री, निर्देशक झरना थापाले पनि आफ्नो चलचित्र ‘ए मेरो हजुर–४’ २८ चैतमा प्रदर्शन गर्ने निधो गरेकी छिन् । अन्य चलचित्रका प्रदर्शन मिति भने अझै तय भएका छैनन् ।

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

थप समाचार

ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.