×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

दशैंअघि नै सिनेमा हल खुल्ने, एक दर्जन चलचित्रको प्रदर्शन मिति तोकिँदै

८ आश्विन २०७८

८ असोज, काठमाडौं ।

कोभिड–१९ का कारण प्रदर्शनको तयारीमा रहेर पनि पछि हटेका अधिकांश चलचित्रले प्रदर्शन मिति पुनः तय गर्न सकेका छैनन् । ११ चैत ०७६ देखि भएको पहिलो लकडाउन र १६ वैशाख ०७८ मा भएको दोस्रो लकडाउनका कारण चलचित्र क्षेत्र नै अन्योलमा परेको छ ।

Advertisement

पहिलो लकडाउन खुलेपछि चलचित्र चहलपहल सुरु हुन लागेको थियो । चलचित्र निर्माण घोषणा हुने, छायांकनमा जाने र प्रदर्शन हुने क्रमसमेत सुरु हुँदै थियो । पहिलो लकडाउन सकिएपछि निर्माता, निर्देशकहरू ‘अब ठिक भयो’ भन्ठानेर जुर्मुराउन थालेका थिए ।

तर, फेरि कोरोना संक्रमण बढ्न पुग्यो, जसकारण सरकारले पुनः पहिलाको भन्दा अलि कम कडाइका साथ लकडाउन लागू गर्यो । अहिले लगभग सबै क्षेत्र खुलिसकेको छ । तर दशै, तिहार सम्मुखमा हुँदासमेत चलचित्र प्रदर्शन गर्न निर्माता, निर्देशक तात्तिएका छन्, न हल सञ्चालक हल खोल्न आतुर छन् ।

‘यो दशैंमा त जसरी पनि हल खोल्छौ,’ निर्माता तथा हल व्यवसायी अशोक शर्माको दावी छ, ‘हल नखेलेसम्म चलचित्र क्षेत्र चलायमान हुन्न । चलचित्र क्षेत्र चलायमान हुन पनि चलचित्र चल्नुपर्छ ।’ निर्मातालाई हल सञ्चालक तथा चलचित्र विकास बोर्डले केही राहत दिएर भए पनि चलचित्र प्रदर्शन गर्न लगाउनुपर्ने उनको धारणा छ ।

उता, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल पनि आफू कोरोना प्रभावित चलचित्रलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा चिन्तित रहेको बताउने गर्छन् । ‘म हरदम चलचित्र क्षेत्र गतिशील बनाउनका लागि प्रयत्नरत छु,’ उनले भने, ‘शीर्ष नेता, निर्माता, हल व्यवसायी तथा सम्बन्धित संघसंस्थासँग छलफलमा जुटिरहेका छौ । छिट्टै केही ठोस निर्णय आउने छ ।’

सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराख्ने गरेकाले निर्माताको करोडौ लगानी डुबिरहेको तथा हजारौं कलाकार, प्राविधिक बेरोजगार हुने अवस्थामा पुगेको चलचित्रकर्मीहरू बताउँछन् ।

यद्यपि, देशभरका हल सञ्चालनमा नआए पनि, हलमा चलचित्र प्रदर्शन नभए पनि, केही कलाकार तथा प्राबिधिक भने म्युजिक भिडियो तथा टेलिचलचित्र, वेबसिरिजमा ब्यस्त हुने गरेका छन् । तर, पछिल्लो समय युट्युव भ्युज तथा आम्दानी निकै कम भइरहेकाले म्युजिक भिडियो निर्माताहरू पनि अन्योलमा छन् ।

कोरोना संक्रमणको सुरुवातअघि प्रदर्शन मिति तोकेका केही चलचित्र एकाएक स्थगित भए । ती चलचित्र हुन्, फूलमान वलको ‘नीरफूल’, सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु–२’, शिवहरि पौडेल निर्देशित ‘लक्का जवान’, निकेश खड्का निर्देशित ‘चपली हाइट–३’, ‘प्रेमगीत–३’, रञ्जित रौनियार निर्देशित ‘माइकल अधिकारी’ र साकार पन्त निर्देशित ‘हिजो आजका कुरा’ ।

१६ फागुन ०७६ मा ‘धुलो’ नामक चलचित्र प्रदर्शन भएको थियो । २३ फागुनमा ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा टाइगर श्राफ अभिनित हिन्दी चलचित्र ‘बागी–३’ प्रदर्शनमा आयो ।

जसकारण सो चलचित्रसँग आफ्नो चलचित्र जुधाउन निर्देशक थापा डराए । उनले एकाएक आफ्नो चलचित्र एक साता पर सारे । अर्थात् उनको चलचित्रले नयाँ प्रदर्शन मिति तोके– ३० फागुनलाई । उक्त मितिमा ‘नीरफूल’ प्रदर्शन हुने तयारीमा थियो । तर कोभिड–१९ का कारण देश नै बन्द गर्ने चर्चा चल्न थाल्यो । फलस्वरूप चलचित्र प्रदर्शन स्थगित गर्न बाध्यता आइहाल्यो ।

२१ चैतमा ‘लक्का जवान’ र त्यसको एक सातापछि ‘प्रेमगीत–३’, ‘माइकल अधिकारी’ र ‘चपली हाइट–३’ ले प्रदर्शन मिति तोकेका थिए । त्यसैगरी, १२ वैशाख ०७७ मा ‘हिजो आजका कुरा’ प्रदर्शन हुने तयारीमा थियो ।

अहिले आएर यी कुनै चलचित्रले पनि नयाँ प्रदर्शन मिति तोकेका छैनन् । न त यी चलचित्रका निर्माताले दोस्रो लकडाउनअघि खुलेको बेलामा चलचित्र प्रदर्शन गर्ने तत्परता देखाए । पहिलो लकडाउन खुलेपछि भने आधा दर्जन बढी फिचर चलचित्र निर्माण भए ।

चलचित्र हुन्– ‘श्री’, ‘लक्ष्मीपूजा’, ‘कृष्ण लीला’,‘डिसेम्बर फल्स’, ‘गणपति’, ‘लोभीपापी’, ‘गोवर गणेश’, ‘बिहे पास’ लगायत । जयकिशन बस्नेत र सोभित बस्नेत टिमले निर्माण गरेको ‘लोभीपापी’ र ‘लक्ष्मीपूजा’ केही टिभीमा प्रसारण भइसकेको छ । ती चलचित्र हलमा भने आउने छैनन् ।

गत माघमा हल खुलेपछि शिव श्रेष्ठको ‘यस्तो एउटा प्रेमकहानी’, ‘गोर्खे’, ‘श्री’ र ‘गुडफ्रेन्ड’ हलमा प्रदर्शन भए । लगत्तै दोस्रो लकडाउन भयो । त्यसपछि गत भदौमा पचास प्रतिशत दर्शकका साथ काठमाडौका मात्रै हल खोल्न पाउने अनुमति सरकारले दिए पनि निर्माताले आफ्नो चलचित्र लगाइहाल्ने मनस्थिति बनाएका छैनन् । यद्यपि, दशैको सम्मुखमा केही अघि नै निर्माण भएको ‘धन्दागिरी’ र सोभित बस्नेतले भर्खरै सुटिङ सकाएको ‘डाडाँको वरपीपल’ प्रदर्शन गरिने घोषणा भएको छ ।

हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले आफूहरूले मोफसल हल पनि पूर्णरूपमा सञ्चालन गर्न दिन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको र अधिकांशबाट सकारात्मक प्रतिक्रिया आएकाले दशैअघि हल खुल्ने विश्वास व्यक्त गरेका छन् । ‘दशैं अघि हल खुल्छन् । हामी करिब एक दर्जन चलचित्रको प्रदर्शन मिति तोकेरै अघि बढ्ने तयारीमा छौं,’ प्रधानले भने ।

Advertisement

दोस्रो लकडाउनअघि चैत्र अन्तिममा ‘कृष्ण लीला’ र ‘लप्पन छप्पन–२’ ले प्रदर्शनको मिति तोकेर प्रचार पनि सुरु गरिसकेका थिए । तर, स्थगित गर्नु पर्यो । केही दिनअघि ‘लप्पन छप्पन–२’ ले १३ फागुनमा चलचित्र प्रदर्शन गर्ने नयाँ मिति सार्वजनिक गरेको छ । त्यसैगरी, निर्मात्री, निर्देशक झरना थापाले पनि आफ्नो चलचित्र ‘ए मेरो हजुर–४’ २८ चैतमा प्रदर्शन गर्ने निधो गरेकी छिन् । अन्य चलचित्रका प्रदर्शन मिति भने अझै तय भएका छैनन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top