×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शक्ति देखाउन चीनले पठायो १९ लडाकु विमान, यसरी दियो ताइवानले जवाफ

८ आश्विन २०७८

८ असोज, काठमाडौं ।

११ देशको प्यासिफिक ट्रेड ग्रुपमा सदस्यताको आवेदन दिने ताइवानको घोषणापछि चीनले बिहीबार आफ्नो शक्ति प्रदर्शन गर्दै त्यसतर्फ १९ लडाकु विमान पठाएको छ। चीनले पनि प्यासिफिक ट्रेड ग्रुपको सदस्यता लिन आवेदन दिएको छ।

Advertisement
Advertisement

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ विमानको जवाफमा आफ्नो ‍एयर पेट्रोल फोर्सलाई तैनाथ गरेको र ति बिमानले चिनियाँ विमानलाई पिछा गरेको बताएको छ। चिनियाँ लडाकु विमानमा १२ जे– १६ र दुई जे –११ विमान थिए।

साथै चीनले पठाएको लडाकु विमानको समूहमा केही वम वर्षक विमान र एक पान्डुबी विध्वंसक विमान थियो। गत सालपछि चीनले लगभग हरेक दिन ताइवान तर्फ लडाकु विमान पठाउने गरेको छ।

ताइवानद्वारा उठाइएको कुनै पनि राजनीतिक कदमलाई चीनले आफ्नो संप्रभुताको अतिक्रमण मानेको खण्डमा त्यसतर्फ यस्तो कारबाही जारी राख्ने गरेको छ। यसलाई ताइवानमाथि सैनिक दबाव बनाउने चीनको प्रयासको रुपमा हेर्ने गरिएको छ।

ताइवानले बिहीबार ’कन्प्रिहेन्सिव एण्ड प्रोग्रेसिव एग्रीमेन्ट फर ट्रान्स प्यासिफिक पार्टनरशिप’ (सीपीटीपीपी) को सदस्यताका लागि आवेदन दिएको छ। उसको यो कदमपछि चीनसँग उनको टकराव बढ्ने आशंका गरिएको थियो।

सीपीटीपीपी एशिया–प्रशान्त क्षेत्रको एक प्रमुख व्यापारिक समझौता हो। चीनले केही दिन पहिला नै यस संगठनको सदस्यताका लागि आवेदन दिएको थियो। अब ताइवान पनि यस संगठनको सदस्यता चाहिरहेको छ।

तर सीपीटीपीपीको सदस्यता चीनले पहिला पाएको खण्डमा ताइवान यसको सदस्य बन्ने सम्भावना खतरामा पर्ने बीबीसीले जनाएको छ।

बिहीबार ताइवानका चीफ ट्रेड मध्यस्थताकर्ता जोन डेंगले पत्रकारहरुसँग चीनले सीपीटीपीपीमा पहिला सहभागीता पाए ताइवानलाई यसको सदस्यता लिन समस्या पर्ने बताए।

सीपीटीपीपीमा कुनै नयाँ देश सहभागी हुनका लागि सबै ११ सदस्य राष्ट्रको सहमति आवश्यक पर्छ। जापानले भने सीपीटीपीपीको सदस्यताका लागि ताइवानको आवेदनलाई स्वागत गरेको छ।

Advertisement

ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दै आएको छ। तर, चीन उसलाई आफ्नो हिस्सा बताउँछ। ताइवान र चीनबीच १९४९ को गृहयुद्धपछि यस्तो स्थिति बनेको छ। कुनै अन्तरराष्ट्रीय संगठनको हिस्सा बन्ने ताइवानको प्रयासलाई चीनले सधैं बिरोध गर्दै आएको छ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top