उपत्यकामा ६० हजार खसीबोका ल्याइँदै, च्याङग्रा एकहजार मात्र ल्याइने

७ असोज ७८, शुक्रबार

८ असोज, काठमाडौं ।

अघिल्लो वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौं उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ ।

उपत्यकामा खपत हुने मासुको खपतको आँकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्राउने तयारी थालेको हो ।

अन्य वर्षसँग तुलना गरेर सरकारले दशैंमा काठमाडौं उपत्यकामा राँगा, बंगुर र कुखुरा बाहेकनै ५० देखि ६० हजार खसीबोका खपत हुने भएकाले सोही संख्यामा खसीबोका भित्राउने तयारी थालेको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए ।

खाद्यले दुई हजार खसीबोका भित्र्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको छ । कम्पनीले दाङ र हेटौंडाबाट दुई हजार खसीबोका ल्याउने तयारी गरेको कम्पनीका नायव महादिर्नेशक श्रीमणी खनालले जानकारी दिए ।

एक हजार च्याङग्रा ल्याउन कम्पनीले पहल थाले पनि उपल्लो मुस्ताङमा च्याङग्रा उत्पादन कम भएको र चीनको नाका भएर ल्याउनु पर्ने भएकाले यस वर्ष सम्भव नभएको खनालले जनाकारी दिए ।

ल्याइएका खसीबोकालाई भने घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपियाँ छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ ।

पशुसेवा विभागका प्रवक्ता ढकालका अनुसार खसीबोका ल्याउन नेपाल व्यावसायिक बाख्रा पालक महासंघ, चौपाया खरिद बिक्री सेवा संघ, बाख्रा पालन महिला सहकारी लगायतका संस्थासँग खसीबोका ल्याउने विषयमा छलफल भई रहेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top