सशस्त्र प्रहरी बलका ११ डीआईजीको सरुवा

७ असोज ७८, शुक्रबार

८ असोज, काठमाडौं ।

सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) काज सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार काज सरुवा गरेको हो ।

डीआईजी मन्दीप श्रेष्ठ महानिरीक्षकको सचिवलायमा सरुवा भएका छन् भने हाल केन्द्रीय प्रवक्ता रहेका डीआईजी राजु अर्याल मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् ।

यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी बल को प्रमुख कार्यालय मानव श्रोत विभाग, चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभाग, वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्‍यालय काठमाडौंमा सुरुवा भएको छ ।

डीआईजी किशोर प्रधानको नेपाल नं ३ गढीमाइ बाहिनी मुख्‍यालय मकवानपुर, कमल गिरीको नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, गणेशबहादुर ठाडा मगरको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी सरुवा भएको छ ।

यस्तै कुल बहादुर नेम्वाङको नेपाल नम्बर ५ बिन्ध्यबासिनी मुख्‍यालय रुपन्देही, दुर्गाप्रसाद भट्टराईको नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्‍यालय कैलाली र शम्भु सुवेदीको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्‍यालय कास्कीमा सरुवा भएको सशस्त्र प्रहरी बल प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top