चाडबाडले नाकामा भीडभाड, जमुनाहबाट दैनिक १५ सय भित्रदै

८ असोज, काठमाडौं ।

दशैं तिहार जस्ता ठूला चाडहरु नजिकिंदै गर्दा एक पटक फेरि भारतबाट दैनिक ठूलो सङ्ख्यामा नेपाली जमुनाह नाका भएर स्वदेश फर्किन थालेका छन् ।

नेपालगञ्जको जमुनाह नाका भएर हिजोआज दैनिक १५ सयभन्दा बढी नेपाली स्वदेश फर्किरहेको जमुनाह प्रहरीले जनाएको छ ।

दशैं तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको शिलशिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम केहीदिनयता अत्याधिक बढेको जमुनाह प्रहरीका इन्चार्ज पूर्ण खत्रीले बताए ।

ती मध्ये अधिकांश लुम्बिनी तथा कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लाका युवा रहेको इन्चार्ज खत्रीले बताए । आफ्नो देशमा काम नपाएपछि रोजीरोटीका लागि ठूलो संख्यामा यस क्षेत्रका नेपाली युवा भारत जाने गरेका छन् । मौसमी रुपमा भारत जानेहरु महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन् ।

अहिले उनीहरुसंगै कोरोना पनि भित्रिने आशङ्का रहेकोले नाकामा रहेको स्वास्थ्य डेस्कमा ज्वरो चेकजाँच गर्ने तथा शङ्का लागेमा वा ज्वरो देखिएका एन्टिजेन परीक्षणमार्फत कोरोना जाँच गर्ने गरिएको छ ।

नेपालीहरु धेरै ठूलो संख्यामा फर्किरहेकोले नाकामा स्वास्थ्य चेकजाँचमा निकै समस्या भैरहेको नाकास्थित स्वास्थ्य केन्द्रले जनाएको छ ।

उता, स्वदेश फर्किदै गरेका नेपालीलाई नाकामा भारतीय तथा नेपाली सुरक्षाकर्मीबाट दुर्व्यवहारसँगै रकम असुली लगायत अनावश्यक झमेला बेहोर्नुपरेको गुसानो पनि फर्किनेहरुले सुनाउने गरेका छन् ।

भारतीय सुरक्षा बल एसएसवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचका नाममा कहिले काँही रकम समेत असुल्ने गरेको उनीहरुको दुखेसो छ ।

तर प्रहरीले भने उनीहरुको सहजयात्राका लागि आफुहरुले सहजीकरण गर्दै आएको जनाएको छ । जमुनाह प्रहरीका इन्चार्ज खत्रीका अनुसार नाकास्थित प्रहरीले कुनै प्रकारको रकम असुली नगरेको बरु सहजीकरण गरेर सुरक्षित आउन दिएको बताए ।

उनले केही रिक्साचालकहरुले भने उनीहरुलाई ठग्ने गरेको र धेरै बढी भाडा असुली गर्ने गरेको गुनासो भने आउने गरेकोले सो बारेमा पनि प्रहरीले निगरानी गरेको बताए ।

भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउनेदेखि उनीहरुको गुनासो सम्वोधनका लागि जमुनाह नाकामा तत्काल नागरिक सहायता कक्ष सञ्चालनको तयारी भइरहेको जमुनाह प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top