सेतो पुतलीसँग सचेत बनौँ

९ असोज ७८, आइतबार

१० असोज, काठमाडौं ।

फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन ।

‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी हुन्छन् । यद्यपि, सबै पुतली खुसी दिनेखालका हुँदैनन् । चिकित्सकको सुझाव छ, ‘‘सेतो पुतलीसँग सचेत बनौँ ।’’

सेतो पुतलीले यतिबेला नेपाली जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ । सेतो पुतलीको झुस आँखामा सङ्क्रमण भएको ४८ घण्टाभित्र अस्पतालमा उपचार नथाले आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ । आँखाको भित्री भागसम्म गएर यसले दृष्टिमा क्षति पु–याउँछ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईका अनुसार, मानिसको दृष्टि छिनभरमै नष्ट गर्ने आँखाको खतरनाक रोग हो– सापु । सापु सङ्क्रमण भएपछि आँखामा फुलो परेकोजस्तै बाहिरबाटै टल्केको र नानी पूूरै सेतो देखिन्छ । यसले आँखाभित्र पानीले बनेको तहसम्म पुगेर नानी, लेन्स भित्री भाग भिट्रियससम्म सङ्क्रमण गराउँछ ।

यो रोगका लक्षण देखापरेको ४८ घण्टाभित्रै उपचार नगरे आँखाको दृष्टि गुम्न सक्ने उनले बताए । परीक्षण गर्दा कुनै पनि जीवाणु, किटाणु नरहेको देखिए त्यो सापु हो भन्ने बुझ्नुपर्छ ।

यो रोगको निदान तथा उपचार आँखा विभागअन्तर्गतका अस्पतालमा मात्र गर्ने गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया गरेरसमेत गर्न सकिन्छ ।

नेपाल आँखा अस्पतालका प्रमुख डा. कमलबहादुर खड्काले सेतो पुतलीबाट लाग्ने सापु रोगले जनस्वास्थ्यमा समस्या थपेको बताए । पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायत पहाडी जिल्लामा यो रोगको समस्या देखिएको छ ।

उपत्यकामा पनि सापुको जोखिम बढेको र यसको जोखिम भदौदेखि मङ्सिरसम्म रहने उनले बताए । डा. खड्काका अनुसार, सेतो धर्के पुतलीसँग बालबालिका रमाउँछन् । पुतलीसँग खेल्ने, रमाउने र मार्ने क्रममा पुतलीका रौँ आँखामा पर्दा यसको सङ्क्रमण जोखिम बढ्छ ।

बालबालिकामा यो रोग बढी देखिनुका कारण बालबालिकाको पुतलीप्रेम नै रहेको अनुभव उनको छ । सेतो पुतली सेतो बत्तीमा घुम्न बढी रमाउँछ । सेतो पुतलीसँगको संसर्गमा आएका ठूला व्यक्तिलाई पनि सापु लाग्छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top