×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

अमेरिकीलाई नेपालको भिसा लिन कुराउने गरी काम गरौंः पर्यटन सचिव

११ आश्विन २०७८

११ असाेज, काठमाडाैँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सृजनात्मक तरिकाले अघि बढ्नुपर्ने बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सचिव कोइरालाले नेपाल जस्तो विविधताले भरिपूर्ण देश संसारमा कतै नभएको भन्दै नेपाली पर्यटन व्यवसायीहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा प्रचार गर्न नसकेको बताए । उनले पर्यटन व्यवसाय बचाउनको लागि भएपनि पहिलो कुरा प्रचार गर्न आवश्यक रहेको बताए । उनले काठमाडौं र पोखरामा मात्रै पर्यटन विकास गरेर राष्ट्र उन्नतीको बाटोमा नजाने भन्दै दुर्गम गाउँमा पर्यटन सञ्चालन गर्नुपर्ने बताए । उनले गत वर्षदेखि नै सरकारले क्यासिनो भिलेजको योजना बनाएको बताउँदै उनले हिल स्टेशन र क्यासिनो भिलेज खोजेर पर्यटकहरुलाई भित्राए विदेशी डलर कमाउन पर्यटक खोज्दै हिँड्नुनपर्ने बताए ।

Advertisement
Advertisement

उनले अमेरिकाको भिसा लिन नेपालीहरु ४ घण्टा कुर्नुपरेको बताउँदै अब अमेरिकीहरुलाई ५ घण्टा कुर्नुपर्ने तरिकाले विकास गर्नुपर्ने बताए । उनले निजी क्षेत्रको सहयोगमा सरकार यसरी विकास र प्रवद्र्धन गर्नका लागि सदैव तत्पर रहेको बताए । सचिव कोइरालाले भने, ‘यो इण्डस्ट्रीलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा सेल गर्न सकेका छैनौँ,हामीसँग जस्तो विविधता भएको संसरमा कतै छैन, ८ हजार ८४८.८६ देखि ७० मिटरसम्मको हामीसँग रेन्ज छ,मेचिदेखि महाकालीसम्म एउटै रेन्जमा हिमाल देख्न सक्नुहुन्छ, अमेरिकातिर साना हिमालाई सेल गरिरहेका छन् तर हामीसँग यत्रा हिमाल छन् हिमालै होइन कि जस्तो लाग्छ, सेल गर्न सकिरेहका छैनौँ,हाम्रो इण्डस्ट्री बचाउनको लागि अब सेल गरौँ,हामीले काठमाडौं, पोखरामा मात्रै टुरिस्ट विकास गरेर भएन, यसरी राष्ट्र उन्नतीको बाटोमा जाँदैन, अब जुम्ला, कर्णाली, दुर्गम क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गरौँ, त्यहाँ होटलहरु जे बनाउनु छ बनाउँ, के चाहिन्छ गरौँ, हामीले लगानीका क्षेत्रहरु पmैलाउन पर्यो, बीचमा मात्रै राखेर हुँदैन,हामीले अहिले एउटा कन्सेप्ट ल्यायौँ,क्यासिनो भिलेज, ककनीलाई राखौँ, त्यो ठाउँमा टुरिस्टहरुलाई भित्राआँै, त्यस्तै अरु जुम्ला तिर छ भने त्यहाँ, पूर्वतिर छ भने पूर्वतिर क्यासिनो भिलेज खोजौँ,हिल स्टेशन खोजौँ, तर लगानी गरिसकेपछि प्रतिफल पाउने हिसावले गरौँ ।’

सचिव कोइरालाले सरकारले ढिलै भएपनि अन अराइभल भिसा दिने निर्णय गरेकोले मिहेनत, लगनशील र धैर्यता राखेर काम गर्न सुझाव दिए । उनले सरकारले आन्तरिक पर्यटक प्रवद्र्धन नगरी देशअघि नबढ्ने भन्दै नीतिमा १० दिनको पर्यटक विदा दिने भनेर राखेको बताए । सचिव कोइरालाले हिल स्टेशन बनाउने योजना ल्याएपनि पर्यटन व्यावसायीहरुले चासो नदिएको गुनासो गरे । पर्यटकको लागि निश्चित तोकिएको गन्तव्यलाई विकास गरेर मात्रै अर्को ठाउँलाई पर्यटकीय गन्तव्य बनाए मात्र सफल हुने बताउँदै उनले पर्यटन व्यवसायीहरु सरकारले बोलाएको स्थानमा गएर छलफल गर्न नजाँदा यी समस्याहरु देखिएको दाबी गरे ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top