×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बेँसी झार्न थालियो रुकुमका भेडी गोठ

११ आश्विन २०७८

११ असोज, रुकुमपूर्व ।

गत वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी गोठ अहिले बेँसी झार्न थालिएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ बेँसीतीर झार्न थालेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा पनि बढ्न थालेको छ ।

Advertisement
Advertisement

हिन्दू धर्मावलम्बीका पर्व दसैँ, तिहार नजिकिएसँगै पाटनबाट भेडी बथान गोठालासहित बेँसी झर्नेक्रम सुरु भएको हो । गएको वैशाखमा बुकी पाटनमा उक्लिएका भेडी बथान र जेठको महिनामा उक्लिएका गाईको बथान गाउँमा झर्नेक्रम चलिरहेको पुथाउत्तरगङ्गा गाउँपालिका–१० का विकास बुढामगरले बताए ।

बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएपछि हरेक वर्षमा पुथाउत्तरगङ्गा गाउँपलिकाका सबै कृषक आफूले पालेका बस्तुभाउसहित वैशाखमा बुकी पाटनमा उक्लने गरेका छन् । अब चिसो मौसम सुरु हुन थालेसँगै बुकी पाटनबाट गोठाला भेडाबाख्रा र गाईको बथानसहित बेँसी झर्न सुरु गरेको बुढाले बताए ।

तकसेराकै अर्का भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्मको करिब ६ महिने अवधि पाटनमा गएका गोठालाले गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि कुकुर साथमा राख्ने गरेका उनीहरुले खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । उनीहरुले भेडालाई नै खाद्यान्न बोकाएर लगेका हुन्छन् । उनीहरु बुकीमा दुई/दुई महिनाको अवधिमा ठाउँ फेर्दै हिँड्ने गरेको बुढाले बताए ।

पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग छ महिना बिताउने गरेको पुथाउत्तरगङ्गाका सुवा बुढामगरले बताए ।

पशुपालनको राम्रो सम्भावना भएको पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । कतिपयले बाख्रा पनि पाल्ने गरेका छन् । पुथाउत्तरगङ्गा हिमाली क्षेत्र भएकाले पनि बाह्रै महिना एकै ठाउँमा बसेर व्यावसायिक पशुपालन (भेडापालन) गर्न भने सकिँदैन ।

चिसो मौसम सुरु हुन थालेसँगै बेसी झारिएका तीनै भेडी बथानलाई अबको एक महिनापछि तातो ठाउँ खोज्दै रुकुम (पश्चिम), रोल्पा, सल्यान, सुर्खेत, दाङलगायतका क्षेत्रमा झार्ने बुढाले बताए ।

Advertisement

उनका अनुसार तातो ठाउँ खोज्दै यी ठाउँमा पुगेका गोठालाले चैतको अन्तिम साता पुनः भेडी बथानलाई गाउँ फर्काउने गर्छन् । पुथाउत्तरगङ्गाका अधिकांश मानिसले घरमा ५०/६० देखि ५००/६०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top