NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सौन्दर्य लोभलाग्दो

मङ्लबार अशोज १२ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
११ देशका राजदूतहरू पाेखरामा पदयात्रा गर्दै, स्थानीयले गरे भव्य स्वागत (फाेटाे फिचर)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ असाेज, गण्डकी ।

विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार नै नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञ पोखरा आइसकेका थिए ।

आइतबार पोखरा विमानस्थलमा गरिएको स्वागतसँगै साँझ गण्डकी प्रदेश सरकारद्वारा आयोजित रात्रिभोजमा सरिक विशिष्ट पाहुनाका लागि विश्व पर्यटन दिवसका अवसरमा सोमबार प्रकृति र संस्कृतिका विभिन्न पक्षहरू दृश्यावलोकन गराउन अन्नपूर्ण गाउँपालिकाको नागडाँडादेखि कास्कीकोटसम्मका लागि करिब तीन घण्टा दूरीको हाइकिङ आयोजना गरिएको थियो ।

Advertisement

खुलेको मौसमका कारण बिहानै टलक्क टल्किएका माछापुच्छ्रेसहितका हिमाल भने कुटनीतिज्ञहरू ९ः०० बजे नागडाँडामा पुग्दा बादलसँग लुकामारी गर्न थालिसकेका थिए । कतै बादलले छेकेको त कतै देखिएका हिमाली दृश्यले त्यहाँ पुग्ने जो कोही मक्ख देखिन्थे ।

कुटनीतिज्ञको टोलीमा सहभागी नेपालस्थित युनेस्कोका प्रतिनिधि माइकल क्रफ्टका लागि यो पोखराको पहिलो भ्रमण थियो । पोखराको बारेमा सुने पनि उनलाई आउने अवसर भने मिलेको थिएन । विश्व पर्यटन दिवसका अवसरमा हाइकिङमा सहभागी बन्दै माइकल कास्कीकोटबाट बादलभित्रबाट लुकामारी गरिरहेका हिमशृङ्खलालाई कैद गर्न व्यस्त देखिन्थे । पोखराको बारेमा सुने पनि आउने अवसर बल्ल मिलेको भन्दै खुसी देखिएका उनले भने, “म प्राकृतिक सम्पदासँगै संस्कृतिमा रमाउन मन पराउँछु, नेपालमा यो सबै छ, अझ पोखराको प्राकृतिक सौन्दर्य त निकै लोभलाग्दो रहेछ ।”

माइकलले यहाँबाट फर्किएपछि आफ्ना दुई सन्तान र श्रीमतीलाई लिएर छिट्टै पोखरा आउने वाचा गरे । “मलाई निकै सुन्दर लाग्यो, परिवारसहित छिट्टै आउँछु, कोभिड १९ ले धेरैलाई घुम्न डुल्नबाट वञ्चित गरायो, अब सावधानी अपनाएर घुमघाम गर्नुपर्छ”, उनले भने । सम्बन्धित क्षेत्रले दीगो पर्यटनको विकासका लागि जोड दिन आवश्यक रहेको औँल्याउँदै उनले कोभिडका कारणले चुनौतीका साथै अवसर पनि थपेको उल्लेख गरे ।

नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले बिहान उठ्ने बित्तिकै माछापुच्छ्रेको हिमशृङ्खलाले आफूलाई निकै लोभ्याएको बताए । उनले नाम जस्तै पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिए । तीन वर्षअघि सेप्टेम्बरमा पोखरा आएको अनुभव सुनाउँदै उनले जति आए पनि पोखरा आइरहन मन लाग्ने शहर भएको उल्लेख गरे । उनले भने, “नेपालको अरु ठाउँभन्दा पोखरा विशेष लाग्छ, तिहारपछि फेरि पोखरा आउने योजना छ, म अन्नपूर्ण रेञ्जको पदमार्गमा जानेछु ।”

उनले पोखरा पर्यटकीय गन्तव्य भएको जनाउँदै बिहान उठ्नासाथ हिमाल माथिमाथि बादलहरू उडिरहेको दृश्य हेर्न, लेकसाइड घुम्न र बारहरू जान पनि आफूलाई मन पर्ने अनुभव सुनाए । “नेपाल र यहाँको सन्दर्भमा पर्यटन महत्वपूर्ण छ, यसलाई अझै विकास गर्न जरुरी छ”, उनले भने, “कोरोना हराइसकेको छैन तसर्थ अझै सावधानी अपनाउन जरुरी छ, कोरोनाको महामारीमा नेपाललाई मेरो देशले पनि सहयोग गरेको छ ।”

(सार्क) का महासचिव इसाला रुवान विराकुनले आफ्नो देश श्रीलङ्काका कूटनीतिक नियोगका पदाधिकारीसहितको यो भ्रमण निकै फलदायी लागेको बताए । “पोखरा मलाई निकै मन पर्ने ठाउँ हो, परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले यो अवसर हामीलाई जुराइदिएकामा आभारी छौँ”, उनले भने ।

श्रीलङ्का र नेपालका धेरै सांस्कृतिक एवं धार्मिक कुरा मिल्ने जनाउँदै उनले कोभिड–१९ ले दक्षिण एशियाली देशहरुको अर्थतन्त्रमा निकै प्रभाव पार्नुका साथै पर्यटन क्षेत्र झनै प्रभावित भएको बताए । श्रीलङ्काका नागरिकले पनि नेपाल मन पराउने र बुद्धको देश भनेर चिन्ने गरेको उल्लेख गर्दै उनले आफू पनि बुद्ध धर्मावलम्बी भएको बताए । नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकलाई जोडेर पर्यटन विकास गर्न सकिने बताउँदै विराकुनले यही अक्टोबरबाट प्रत्येक मङ्गलबार र शनिबार काठमाडौँ–कोलम्बो उडान हुने जानकारी दिए ।

विदेशी राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखराको भ्रमण यहाँको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताए । कोरोनाले प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउन यो भ्रमण फलदायी हुने विश्वास लिइएको उनको भनाइ छ ।

यस भ्रमणले पोखरा घुम्नका लागि खुल्ला तथा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउछन् । विश्व पर्यटन दिवसका अवसरमा गरिएको यो कार्यक्रमले विश्व पर्यटन बजारमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उनले यसले सम्पूर्ण पोखरेली पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताए ।

कोरोना कहरले थलिएको पर्यटनलाई अघि बढाउनु अहिलेको आवश्यकता भएको भन्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले यो उच्चस्तरीय भ्रमण यहाँका लागि महत्वपूर्ण अवसर भएको बताए । विदेशी कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ । रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.