प्रदेश २ को मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता

१२ असोज ७८, बुधबार

काठमाडौं : प्रदेश २ सरकारले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊु कार्यक्रमका लागि सार्वजिक खरिद ऐनविपरीत साइकल खरिद गरेको छ । गत चैतमा वीरगनजको ओम सत्यसाई प्रालिमार्फत खरिद गरिएका १७ हजार २६२ साइकलमा न उत्पादक कम्पन्नीको नाम छ, न मोडल र ब्रान्ड ।

खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदीय समितिले छानबिन गर्ने तयारी गरेको छ । प्रदेशका आठवटै जिल्लाका कक्षा आठमा अध्ययान गर्ने छात्रालाई वितरण गरी ४१ हजार दुई ६२ थान साइकल खरिदमा करिब २९ करोड खर्च गरेको छ । जसमध्ये ०७७ चैतमा ११ करोड १० लाख २९ हजार एक सय ८४ रुपैयाँमा खरिद गरेको १७ हजार दुई सय ६२ थान साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड नै उल्लेख छैन् ।

प्रतिसाइकल भ्याटसहित ६ हजार चार सय ३२ रुपैयाँका दरले वीरगनजको ओम सत्यसाई प्रालिले आपूर्ति गरेको हो । काठमाडौंका साइनाे इन्टरनेशनल र म्याप हेलेक्सीसमेतले आवेदन दिएकोमा कम रकम कबोल गरेको आधारमा ओम सत्यसाईले ठेक्का पाएको थियो । सार्वजनिक खरिद एनेअनुसार टेन्डर आह्वान गर्दा सम्बिन्धत निकायले आफूलाई चाहिने सामानका मापदण्ड तोकेर स्पेसिफिकेसन तयार गर्छ ।

त्यसैअनुसार इच्छुक सप्लायर्स कम्पन्नीहरुले उक्त सामानको उत्पादक कम्पन्नी, मोडल, ब्रान्ड मूल्यलगायत प्रस्ट खुलाएर आवेदन दिनुपर्छ ठेक्का पाउने सप्लायर्सले कम्पनी , मोडल, ब्रान्डलगायत सबै खुल्ने गरी स्पेसिफिकेसनअनुसार सामान उपलब्ध गराउनुपर्छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top