उत्तरले फेरि गर्‍यो अर्को आणविक क्षेप्यास्त्र प्रहार

१२ असोज ७८, बुधबार

१३ असोज, एजेन्सी ।

उत्तर कोरियाले फेरि अर्को आणविक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक क्षेप्यास्त्र प्रहार गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तरले प्रहार गरेकोे क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो । उत्तरले सोमवार पनि एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

परीक्षण गरिएको नयाँ क्षेप्यास्त्रलाई उत्तरले रणनीतिक हतियार बताएको छ । यस्ता क्षेप्यास्त्रमा आणविक अस्त्र ‘फिट’ गर्न मिल्छ ।

प्रतिबन्धबीच उत्तरले एकपछि अर्को आणविक अस्त्र परीक्षण गरिरहेको छ । उसले यसै महिना तेस्रो मिसाईल परीक्षण गरेको थियो । उत्तरले नयाँ प्रकारको क्रुज मिसाईल र नयाँ व्यालिष्टिक मिसाइल प्रणाली यसअघि नै सार्वजनिक गरिसकेको छ ।

गत जनवरीमा उत्तर कोरियाली नेता किम जोङ उनले आवाजबाट चल्ने हतियार विकास गर्न लागेको बताएका थिए । आफ्नो एक सम्बोधनमा उनले उत्तरले विकसित गर्न चाहेका अन्य अत्याधुनिक हतियारको नामसमेत सार्वजनिक गरेका थिए ।

उत्तर कोरियालाई निशस्त्र पार्ने विषयमा अन्तर्राष्ट्रिय समुदायबीच भएका छलफल अहिले रोकिएका छन् ।

विश्व समुदायको बिरोध बाबजुद उत्तरले नयाँ आणविक हतियार विकसित गरिरहेको छ । उत्तरले पछिल्लो पटक परीक्षण गरेको आणविक हतियारबारे अध्ययन गरिरहेको अमेरिकी सेनाले एक विज्ञप्तिमार्फत भनेको छ ।

तर, सो हतियारले अमेरिका र उसका सहयोगी राष्ट्रलाई कुनै असर नगर्ने उसले प्रष्ट पारेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top