महँगियो बजार, छैन अनुगमन

१३ असोज, इलाम ।

दशैँ, तिहार, छठलगायतका मुख्य चाडबाड नजिकिँदै गएपछि बजारमा उपभोग्य सामानको मूल्य अकासिएको छ ।

बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मूल्य बढ्न थालेको छ । सवारी साधनले मनपरी भाडा लिने गरेको गुनासो पनि सामाजिक संजालमा बाक्लै भेटिन्छ ।

एउटै औषधिको मूल्यसमेत फार्मेसीपिच्छे फरक हुने गरेको उपभोक्ता हक हित संरक्षण मञ्च इलामकी उपाध्यक्ष दीपा आचार्यले बताइन् । ‘कतिपय औषधिको मूल्यमा त निकै ठूलो अन्तर पनि पाइन्छ’,

उनले भनिन्, ‘सवारी साधनहरूले तोकिएको भन्दा दोब्बर बढी भाडा असुल गरेको गुनासो आउने गरेको छ । गाडीमा यात्रु खचाखच नै हुन्छन् तर सुुरक्षा मापदण्ड पालना छैन ।’ खाद्यान्न, तरकारी, फलफूल, लत्ताकपडालगायत उपभोग्य सामग्रीको भाउ छोई नसक्नु भएको आचार्यले बताइन् ।

यसअघि बजारको नियमित रूपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिइएको छ ।

अहिले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ ।

अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतका रूपमा तोकिएको छ । तर, नियमित र प्रभावकारी रूपमा बजार अनुगमन भएको छैन । नियमित रूपमा बजार अनुगमन नहुँदा उपभोक्ता गठिने क्रम बढेको उपभोक्ताको गुनासो छ ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले गृह मन्त्रालयले अनुगमनका लागि समन्वय गर्न पत्रचार गरेकाले चाँडै अनुगमन सुरु हुने बताए ।

‘हामी चाँडै इलामका बजारको अनुगमन सुरु गर्छौं’, प्रजिअ खड्काले भने, ‘उपभोक्ताको पक्षमा उदार र व्यवसायीको पक्षमा निर्मम भएर बजार अनुगमन गर्छौं ।’

प्रमुख जिल्ला अधिकारी खड्काले उपभोक्ता हक हित संरक्षण ऐनविपरीत गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताए । जिल्लास्थित विभिन्न सरोकारवाला निकाय र संस्थाको प्रतिनिधिले गर्ने अनुगमनमा बिक्री गर्ने वस्तुको लेवल र मूल्य, मूल्य सूची, नियमनकारी निकायमा हुनुपर्ने दर्ता नवीकरण, पान÷भ्याट दर्ता, भण्डारणलगायतका विषयमा अनुगमन गर्नेछ ।

यता, सवारी भाडा बढी असुलेको विषयमा जनगुनासो आए पनि जाँचको क्रममा भने यात्रुले नै तिरेको भाडा भन्न नचाहाने गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक किशोर तामाङ बताउँछन् ।

‘प्रहरीले जाँच गर्दा यात्रुले तिरको भाडा रकम खुलाउँदैनन्, त्यसैले हामीलाई कारबाही गर्न समस्या छ’, उनले थपे, ‘बढी भाडा असुल्ने सवारी साधनको विषयमा जानकारी पाए कारबाही गर्छौं ।’

प्रहरी निरीक्षक तामाङले इलामका आठ स्थानमा नियमित सवारी जाँच हुने गरेको बताए । पछिल्लो साता मात्र यात्रुसँग बढी भाडा असुल्ने सातवटा सवारी साधन कारबाहीमा परेको उनले जानकारी दिए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top