माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्री टुंगो लगाउने तयारी

१३ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ।

बुधबार मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले नेपाल लाइभलाई जानकारी दिए।

Advertisement

आजको बैठकले मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको टुंगो लागाउने तयारी गरिएको एक नेताले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विस्तारको तयारी भइरहँदा मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्न लागेको हो।

Advertisement

माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने बताइएको छ। माओवादीबाट यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन्। अब माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री छान्नु पर्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top