विराटनगर,साउन ५
लायन्स क्लब अफ ग्लोबल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । कौमी एकता समाज र नेपाल मुस्लीम यूथ कमिटिको सहकार्यमा एसइइ देखि स्नात्तकसम्मका विद्यार्थीहरुलाई लक्षित गरि गरिएको एक दिवसीय नेतृत्व विकास तालिममा १०३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
तालिम कार्यक्रमका प्रमुख अतिथि तथा संसदिय दलको नेता जयराम यादबले तालिमले ब्यक्ति बाट ब्यक्तित्व बनाउन भुमिका खेल्ने भन्दै सहभागीहरुको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । यस्तै लायन्स क्लब अफ ग्लोबलका प्रेसिडेन्ट लायन्स सतार अन्सारिले लक्षित विद्यार्थीहरुको नेतृत्व विकास निमित्त कार्यक्रमको आयाेजना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता तालिम लाई निरन्तरता दिने बताए ।
पत्रकार तथा तालिम प्रशिक्षक सोनुकुमार दासले तालिम सफल हुनुमा सहभागीहरुकै सक्रियता महत्वपुर्ण भएको बताए । दासले सहभागीहरुको भित्र रहेको प्रतिभा लाई तालिमको माध्यम बाट बाहिर ल्याउने काम गरेको बताए । प्रशिक्षक अफसर अलि खान र शिता यादबले आफुले भने जति गर्न नसके पनि सके जति गर्न सहभागीहरु लाई आग्रह गरे ।