भक्तपुरमा सभा-जुलुस गर्न रोक

१४ असोज ७८, शुक्रबार

१५ असोज, भक्तपुर ।

भक्तपुरमा पछिल्लो समय कोरोना भाइरस महामारीको जोखिम कायम रहेकोले प्रशासनले सभा जुलुस गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै बिहीबार राति १२ बजेदेखि सभा जुलुस गर्न रोक लगाएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाएकी छन् ।

नजिकिदै गरेको चाडपर्वहरूलाई ध्यानमा राखी बढी भीडभाड हुने कार्यक्रमहरू आयोजना गर्न रोक लगाइएको छ। प्रशासनले चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्रमात्र बनाउन आग्रह गरेको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवा कृत्रिम अभाव वा लुकाउने, मुल्य वृद्धि गर्ने वा असहजता सृजना गरेमा कानुन बमोजिम सजाय हुने आदेशमा उल्लेख छ । निजी वा सार्वजनिक निर्माण ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न सकिनेछ ।

यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरूलाई प्रशासनले आग्रह गरेको छ । बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनुपर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने आदेशमा उल्लेख छ ।

सर्वसाधरण सबैले अनिवार्य रुपमा मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम गर्न पनि प्रशानसले आग्रह गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top