दशैँका लागि सहज हुँदै पृथ्वी राजमार्ग

१७ असोज, काठमाडौं ।

काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ ।

काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै आएको छ । दशैँ नजिकिँदै गर्दा सडक विभागले नारायणगढ–मुग्लिन सडक मर्मत थालेको हो । डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य सुरु गरेको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिवप्रसाद खनालका अनुसार दशैँमा यात्रुका लागि सडक यात्रा सहज र सुरक्षित बनाउन सडक मर्मत तथा सुधार थालिएको हो ।

वर्षात् जारी रहेका कारण सडकका ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाउने र राजमार्गमा परेका खाल्डाखुल्डी टाल्ने कार्य थालिएको खनालले जानकारी दिए ।

धादिङको पिपला मोडदेखि मुग्लिनसम्मको ८२ किलोमिटर (पृथ्वी राजमार्ग) र मुग्लिनदेखि नारायणगढसम्मको ३६ किलोमिटर (नारायणगढ–मुग्लिन सडक) डिभिजन सडक कार्यालय भरतपुरको कार्यक्षेत्रभित्र पर्छ ।

वर्षाका कारण खसेका पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडक मार्गको यात्रा कठिन बन्दै आएको छ । नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सम्पन्न भई दुई वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको थियो । इन्जिनियर खनालका अनुसार सडक मर्मत सुधारका लागि डिभिजन सडक कार्यालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

यो बजेटमध्ये ८० प्रतिशतभन्दा बढी पृथ्वी राजमार्गमा मात्रै खर्च हुने अनुमान गरिएको छ । उनका अनुसार नारायणगढ मुग्लिन सडकमा मर्मत गर्नुपर्ने धेरै छैन । खनालले भने, “जति सडक मर्मत सुधार गर्नुपर्ने भनेकै पृथ्वी राजमार्ग हो । ” पृथ्वी राजमार्गको धेरै ठाउँमा अहिले खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

पृथ्वी राजमार्गको चितवन खण्ड मोवाखोलादेखि मुग्लिनसम्म तीनवटा पहिरो पन्छाउनुपर्ने अवस्था छ । मुग्लिनदेखि नारायणगढसम्मको नारायणगढ–मुग्लिन सडकमा चारवटा ठूला पहिरोले राजमार्गमा अवरोध भएको थियो ।

राजमार्ग अवरुद्ध हुनेगरी पहिरो खस्नुमा सडकका माथिल्ला क्षेत्रमा जथाभावी निर्माण गरिएको ग्रामीण सडक जिम्मेवार भएको विज्ञहरूको धारणा छ । राजमार्गमाथि स्थानीय निकायले ग्रामीण सडक बनाइरहेका छन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top