×

NEPAL TIMES UPDATES

Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026
Playing
ओली–लेखकलाई के स जाय हुनसक्छ? खापुङ किन प क्राउ परेनन् ? || Nepal Times
Mar 28, 2026
Playing
अदाल ती प्रक्रिया के हुन्छ? ओली टिचिङको ‘रेड जोन’मा, लेखक २ नम्बर गणमा|| Nepal Times
Mar 28, 2026
Playing
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्रा*उ
Mar 28, 2026
Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026
Playing
भ्रष्टाचारको दलदलमा डुबेको मेरो देश || Nepal Times
Mar 27, 2026
Playing
६५ जिल्लाको धुलो र २०७२ को भूकम्पः जसले बालेनलाई प्रधानमन्त्री बनायो|| Nepal Times
Mar 27, 2026

पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटियो

१७ आश्विन २०७८

१७ असोज, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकको तार काट्न सुरु गरेको छ ।

Advertisement

यसअघि पोल भाडा नतिर्ने सेवा प्रदायकलाई शुक्रबारसम्मको समय दिई सम्झौताका लागि आह्वान गरेको प्राधिकरणले शनिबारबाट आफ्नो अभियान सुरु गरेको हो । प्राधिकरणले तार काट्ने अभियान देशभर नै सांकेतिक रूपमा सुरु गरेको छ ।

प्राधिकरणले पोलभाडा सम्झौता गरेका र भाडा सम्झौताका लागि प्रक्रियामा गएका सेवा प्रदायकबाहेक अरु कम्पनीको तार काट्न सुरु गरेको छ ।

शनिबारदेखि सांकेतिक रूपमा तार काट्ने काम सुरु गरिए पनि सम्झौता गर्न जाने सेवा प्रदायकको हकमा भने काम स्थगित गरिने प्राधिकरणले जनाएको छ । यता इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनीहरूले भने वार्ताका लािग पहल हुनुपर्ने बताउँदै आएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले अब यो मुद्दामा सरकारको ध्यान जानुपर्ने बताउँछन् । इन्टननेट सेवा अत्यावश्यक सेवाअन्तर्गत भएकाले तारहरू काटिँदा सेवा अवरुद्ध हुने हुँदा जवाफदेही को हुने भन्ने विषयमा वार्ता हुनु जरुरी भएको उनले बताए ।

आफूहरूले यसअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा इन्टरनेटको शुल्क वृद्धिको प्रस्ताव लगेकाले सो वृद्धि स्वीकृत भए पोलभाडा तिर्न सकिने र अन्यथा नसकिने उनको दाबी छ ।

इन्टनरनेट सेवा प्रदायक संघले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा १५० रुपैयाँ वृद्धिका लागि प्रस्ताव पेस गरेको छ ।
सेवा प्रदायक कम्पनीहरूका अनुसार प्राधिकरणले देशभर सयभन्दा धेरै वितरण केन्द्रमार्फत हरेक ठाउँमा एउटा÷एउटाको दरले सांकेतिक रूपमा तार काटिएको छ । यसरी तार काटिँंदा ग्राहकहरू सेवा प्रदायकसँंग आक्रोशित बन्ने गरेको पनि उनीहरूले बताएका छन् ।

सरकारको निकायले तार काट्दै सेवा अवरुद्ध गरेपछि सरकारले नै उचित विकल्प निकाल्नुपर्ने दाबी सेवा प्रदायक कम्पनीहरूको छ । अहिले देशभर कता कता तार काटियो भन्ने विवरण संकलन गरिरहेको र कति ग्राहकहरूको सेवा अवरुद्ध भयो भन्ने जानकारी आइनसकेको संघका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले बताए ।

प्राधिकरणले शुक्रबारभित्र नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नका लागि सूचना प्रकाशित गरेको थियो ।

नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न पनि सूचित गरिएको थियो । प्राधिकरणले यो सूचना जारी गरे पनि सेवा प्रदायकले भने आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएका थिए । शनिबारदेखि प्राधिकरण तार काट्ने अभियानमा जुटिसकेपछि सेवा प्रदायक कम्पनीहरू भने अन्योलमा देखिएका छन् ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवा प्रदायक र नेपाल विद्युत् प्राधिकरणबीच पछिल्लो विवाद सल्टाउने प्रयास गरेको छ ।

Advertisement

प्राधिकरणले सरकारका विभिन्न निकायमा यसका सम्बन्धमा छलफल भइरहेको र भाडा घटाउनका लागि पत्राचारसमेत भइरहेको जनाएको छ । यस विषयमा थप छलफल आवश्यक रहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top