विद्युत प्राधिकरणको कामप्रति दुरसञ्चार प्राधिकरणको आपत्ति

१७ असोज ७८, आइतबार
Share this
723shares

१७ असोज, काठमाडौं ।

Advertisement

पोलभाडा तिर्न नमानेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ ।

सञ्चार क्षेत्रको नियामक निकाय दुरसञ्चार प्राधिकरणले एक विज्ञप्ति जारी गरी राज्यको अति आवश्यक सेवा अवरुद्ध गर्ने जोकोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको रक्षा गर्नसम्वन्धित निकायसँग अग्रह समेत गरेको छ ।

Advertisement

विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण कार्यालयहरुमार्फत इन्टरनेट तथा केवलको लाइन काट्न सुरु गरेको छ ।

‘सेवा प्रदायक र प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरणबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास तार काटेर राज्यको अति आवश्यक सेवा अवरुद्ध पार्नु दुखद् हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘दुरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ ।’

Advertisement

व्यवसायीहरुले प्राधिकरणको उक्त कार्यको विरोध गर्दै गरेका छन् । एकतर्फीरुपमा जथाभावि पोलभाडा बढाएर उपभोक्तामाथि भार थोपर्न खोजिएको भन्दै व्यवसायीहरूले त्यसको विरोध गरेका छन् ।

हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै प्राधिकरणले सबै पक्ष बसेर आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । विद्युत प्राधिकरणले केवल लाइन काटेपछि देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवल सेवा अवरुद्ध बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top