ग्रीसको राजधानी एथेन्समा भीषण आगलागी, २० जनाको मृत्यु

एजेन्सी, साउन ८
ग्रीसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । राजधानी एथेन्स वरपरका जंगलमा फैलेको आगोमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक अझै हराइरहेका छन् । मातीको समुद्री तटमा रहेका रिसोर्टमा कयौ फसेको बताईएको छ ।

Advertisement

आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । ग्रीस सरकारका प्रवक्ताले आज बिहान मृतकको संख्या २० पुगेको बताउनु भएको छ ।

१०४ जनाभन्दा बढी घाइते भएकोमा ११ जनाको अवस्था गम्भीर रहेको उहाँको भनाइ छ । आगो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक खटिए पनि प्रयास सफल हुन नसकेको अन्तराष्ट्रिय सन्चार माध्यामहरुले जनाएका छन । आगो नियन्त्रणबाहिर गएपछि ग्रीसले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top