एमाले स्थायी कमिटी बैठक लम्बिएपछि महाधिवेशनको नियमित सत्र सञ्चालनमा ढिलाइ

एमाले स्थायी कमिटी बैठक लम्बिएपछि महाधिवेशनको नियमित सत्र सञ्चालनमा ढिलाइ

१७ असोज, काठमाडौं ।

ललितपुरको गोदाबरीमा जारी नेकपा एमालेको प्रथम विधान महाधिवेशनको अन्तिम सत्रका दिन स्थायी कमिटीको बैठक समेत बिसरहेकाले नियमति सत्र सञ्चालनमा ढिलाइ भएको छ।

आइतबारको सत्रमा उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्तावमा उठेका विषयमा जवाफ दिइसकेपछि महासचिव ईश्वर पोखरेलेल जवाफ दिने कार्यक्रम थियो। तर, नियमित सत्रकै बीचमा स्थायी कमिटीको बैठक बसेपछि महासचिव बैठकमा व्यस्त भएका छन्।

उनले संगठनात्मक प्रतिवेदनमा उठेका सुझावलाई समेटेर जवाफ दिने कार्यक्रम छ। अहिले कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरुले गीत, कविता लगायतका सांस्कृतिक कार्यक्रम गरिरहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.