गर्भपतनको समर्थनमा अमेरिकी सडकमा उत्रिए हजारौं मानिस

१७ असोज ७८, सोमबार

१८ असोज, काठमाडौं ।

Advertisement

गर्भपतन सम्बन्धी कानुनको समर्थनमा अमेरिकामा प्रदर्शन गरिएको छ। अमेरिकाको सबै ५० राज्यमा हजारौं मानिसले ¥याली निकालेको बीबीसीले जनाएको छ।

टेक्ससमा नयाँ कानुनको विरुद्ध मानिसहरु भेला भएका थिए। राज्यमा गर्भपतनको व्यवस्थालाई सीमित गरिएको छ। यस कानुनसँगै गर्भपतनको समर्थकलाई संवैधानिक अधिकार हनन हुन सक्ने लागेको जनाइएको छ।

Advertisement

आगामी महिना सर्वोच्च अदालतले यसलाई उल्टाउन सक्ने जनाइएको छ। यही मुद्दाको आधारमा १९७३ मा अमेरिका भर गर्भपतनलाई कानुनी रुपमा वैध भएको थियो।

वाशिंगटन डीसीमा प्रदर्शनकारिले सुप्रीम कोर्टको भवनसम्म मार्चपास गरेका थिए। उनीहरुको हातमा गर्भपतनलाई कानुनी बनाउँ भन्ने पोस्टरहरु रहेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top