फुमियो किशिडा बने जापानको प्रधानमन्त्री

१८ असोज, एजेन्सी।

फुमियाे किशिडा आधिकारिकरुपमा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् ।

पूर्व प्रधानमन्त्री योसिहिडे सुगाले बनेको एक वर्षमा आफ्नो पदबाट राजीनामा दिएसँगै उनको स्थानमा किशिडा प्रधानमन्त्री बनेका हुन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को आन्तरिक निर्वाचनमा किशिडालाई मुख्य नेताको रुपमा चयन गरिएको थियो ।

६४ वर्षीय किशिडासँग अब महामारीको कारण सुस्ताएको अर्थतन्त्रलाई लयमा ल्याउने र उत्तर कोरियाको चेतावनीजस्ता चुनौती छ ।

टोकियो ओलम्पिकपछि जापानमा सरकारप्रतिको अविश्वास बढेको अवस्थामा किशिडाको लागि लोकप्रियता बढाउनुपर्ने अर्को चुनौती छ ।

किशिडाले अब जापानमा हुने आम निर्वाचनमा सरकारको नेतृत्व गर्नेछन् । जापानमा आगामी नोभेम्बरमा आम निर्वाचन हुँदैछ । लामो समयदेखि प्रधानमन्त्रीको दौडमा रहेका किशिडा गत वर्ष सुगासँग पराजित भएका थिए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top