गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य: राष्ट्रपति भण्डारी

१७ असोज ७८, सोमबार

१८ असाेज, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् । बिपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम जनशक्ति तयार गरी क्यान्सर बिरामीका लागि समर्पित गराउनु अझै चुनौतीको विषय भएको बताइन् ।

उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीका रूपमा देखा परेको बताइन् । वातावरण प्रदूषण, विषादीयुक्त खाद्य, सुर्ती तथा मादक पदार्थ सेवन तथा अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको भन्दै उनले यस अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानका रूपमा विकास गर्ने अस्पतालको योजनाप्रति खुसी व्यक्त गरिन् ।

बिरामीको सेवामा सदैव खटिने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै मित्रराष्ट्र चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेकामा उहाँले सराहना गरिन् ।

२२ वर्षअघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो अस्पताल निर्माण भएको थियो । यस अस्पतालमा प्रत्येक वर्ष चीनबाट विशेषज्ञ चिकित्सको टोली आउने गरेको छ ।

अघिल्लो वर्ष आएका १५ विशेषज्ञ चिकित्सकको टोली आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेको अस्पतालका निर्देशक डा देजकुमार गौतमले जानकारी दिए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेले विशेषज्ञ चिनियाँ मेडिकल टिम अस्पतालमा नै उपस्थित भई नेपाली चिकित्सक र नर्सिङ स्टाफलाई प्रशिक्षित गराउनुका साथै कोभिड–१९ जस्तो महामारीका समयमा नेपालमा रही अस्पतालको सञ्चालन तथा विकासमा सहयोग गरेकामा चीन सरकार र चिकित्सक टोलीलाई धन्यवाद दिए ।

कार्यक्रममा चिनियाँ चिकित्सकले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र आफूहरूले काम गर्दाको अनुभव व्यक्त गरकेा थिए । पन्ध्र सदस्यीय टोली चीनको हुवावे प्रान्तबाट आएको हो । टोलीलाई राष्ट्रपति भण्डारीले सम्मान पत्र प्रदान गरेकी थिइन्। रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top