१९ असाेज, एजेन्सी ।
बिजुलीको बक्यौता रकम बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ ।
अफगानिस्तानको बिजुली आपुर्ति कम्पनीको करौंडो बक्यौता रकम बुझाउन बाँकी रहेको र तालिवानले रकम बुझाउन नसक्ने जनाएपछि काबुल सहित पुरै अफगानिस्तान अध्याँरोको चपेटामा पर्ने भएको वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरिएकाे छ ।
अफगानिस्तानले हाल उज्वेकिस्तान, ताजिकिस्तान लगायत छिमेकी देशहरुबाट आयात भइरहेको बिजुलीको करौडौको बक्यौता रकम बुझाउन बाँकी रहेकाले रकम भुक्तानीको ताकेता गर्दा तालिवान सरकारले नमानेपछी ती देशहरुले बिजुली आपुर्ती बन्द गर्ने चेतावनीे दिइरहेका छन् ।
अफगानिस्तानमा खडेरीका कारण घरेलु बिजुली उत्पादन गर्न सम्भव छैन ।
