छोटो दूरीमा चल्ने सार्वजनिक गाडीले आफूखुसी भाडा असुल्न थाले

१८ असोज ७८, मंगलबार

१९ असोज, काठमाडौं ।

छोटो दूरीमा चल्ने सार्वजनिक गाडीले आफूखुसी बढी भाडा लिन थालेका छन् ।

काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीले भाडा बढेको सूची देखाउँदै यात्रुबाट बढी भाडा उठाउन थालेका हुन् । न्यूनतम १४ रुपैयाँ भाडा तोकिए पनि अहिले यात्रुले २० रुपैयाँ तिर्न बाध्य छन्।

चार किलोमिटरसम्मको दूरीमा न्यूनतम १४ रुपैयाँ भाडा भए पनि यात्रुले यस अघि पनि १५ रुपैयाँ तिर्दै आएका थिए । छोटो दूरीको भाडा नबढे पनि यात्रु भने ६ रुपैयाँ बढी तिर्न बाध्य भएका हुन् । चालक–सहचालकले बढेको भाडादरको सूची नै देखाउने गरेका यात्रुको गुनासो छ ।

उनीहरुले देखाउने भाडादरको सूचीमा सरकारले असोज १५ गते गरेको निर्णय भनिएको छ । तर अहिलेसम्म छोटो दूरीमा भाडा नबढेको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले भाडाबारे आधिकारिक निर्णय नहुँदासम्म बढी भाडा असुलेको पाइएमा कारबाही हुने बताए ।

यस्तै, यातायात व्यवस्था विभागले पनि भाडा नबढेकाले बढी भाडा लिन नपाइने जनाएको छ । सरकारले गएको असार २९ गते लामो तथा मध्यम दूरीमा २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।

तर, काठमाण्डौ उपत्यका र जिल्लाभित्र चल्ने गाडीमा भाडा बढेको छैन । यातायात व्यवसायीले भने भाडा समायोजन गर्न माग गर्दै आएको छ । भाडा बढाउन माग गर्दै उनीहरुले हिजो काठमाण्डौमा गाडी तेर्स्याएर विरोध प्रदर्शन समेत गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top