धनकुमारले अब अनलाइन पढ्न रुखमा डेरा बनाउन नपर्ने, गाउँमै पुग्यो फोरजी सेवा

१८ असोज ७८, मंगलबार

१९ असोज, खोटाङ । खोटाङमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई नेपाल टेलिकमले पकेट वाइफाइ डिभाइस प्रदान गरेको छ ।

कोभिड–१९ महामारीमा अनलाइन कक्षामा सहभागी हुने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई नेपाल टेलिकम ओखलढुंगाले एक थान पकेट वाइफाइ डिभाइस उपलब्ध गराएको हो ।

मगर सरस्वती मावि कक्षा १० मा अध्ययनरत छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित फोरजीको नयाँ टावरको सेवा सुरु भएसँगै टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थी मगरको घरैमा पुगेर पकेट वाइफाइ डिभाइस प्रदान गरेका हुन् ।

बुईपास्थित फोरजीको टावर आइतबारदेखि सञ्चानमा ल्याइएको हो । फोरजीको टावर सञ्चालनमा आएसँगै मगरको घर गाउँमा फोरजी सेवा चल्न थालेको छ ।

अनलाइन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने बाध्यताले चर्चा पाएपछि अर्खौले लगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा नयाँ फोरजी टावर राख्ने योजना अघि सारिएको प्रमुख पन्थीले बताए ।

नयाँ टावर राख्नका लागि जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएका थिए ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top