विधान महाधिवेशनले सुदृढ एकताको सन्देश दियो : भट्टराई

१९ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् ।

ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि मंगलबार आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले यस्तो बताएका हुन् ।

Advertisement

महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको उनको भनाई छ।

सचिव भट्टराईले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पु¥याउन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top