काकाकुल बन्दै ठाँडा दह

१८ असोज ७८, मंगलबार

१९ असोज, अर्घाखाँची ।

शीतगंगा नगरपालिकाको मुख्य बजार ठाँडा दह, अमराईलगायत गाउँमा पानीको चरम अभाव हुँदा समस्या भएको छ । स्थानीय जनताको मुख्य खानेपानी सुपाखोलाको नौ दिनदेखि मर्मत हुन नसक्दा पानीको हाहाकार भएको हो ।

पानीको वैकल्पिक व्यवस्था गर्न विभिन्न लिफ्टिङको व्यवस्था भए पनि समिति चलायमान नहुँदा एक दिन समस्या हुँदा पनि लामो दूरी पार गरेर पानी बोक्ने गरेको स्थानीले दुखेसो पोखेका छन् ।

वडा नम्बर– ३ मा बाउन्ने लिफ्टिङ खानेपानी भए पनि अभावका बेला काम लाग्न नसकेको स्थानीय नारायण पौडेलले गुनासो गरे । पटक पटक विभिन्न बहानामा लिफ्टिङ खानेपानी अवरुद्ध हुने गरेको छ । केही दिनदेखि मिटरमा समस्या आएकाले पानी सुचारु हुन नसकेको समितिका अध्यक्ष उमानन्द अधिकारीले बताए ।

विद्युत्का कर्मचारीले मिटर निकालेर लगे पनि अझै नल्याएकाले सुचारु गर्न नसकेको अधिकारीले बताए । यता, विद्युत् प्राधिकरण ठाँडाका कर्मचारी मेगराज खनालले करिब २० दिनअघि समस्या आएपछि मिटर निकालिए पनि समितिले समयमा जिल्ला कार्यालयमा नपठाउँदा ढिलो भएको बताए ।

यस्तै, जिल्ला विद्युत् कार्यालय अर्घाखाँचीका प्रमुख किरण खनालले आइतबार मात्र बिग्रिएको मिटर कार्यालयमा आएको बताए । नयाँ टीओटी मिटर जिल्लाबाट उपलब्ध गराउन नमिल्ने र रकम जम्मा गरेपछि मात्र काठमाडौंबाट आउने भएकाले रकम जम्मा गर्न समितिलाई भनेको खनालले बताए । उनले अहिलेसम्म रकम जम्मा नभएको जानकारी दिए ।

नयाँ मिटर जडान गर्न करिब ४२ हजार रुपैयाँ जम्मा गर्नुपर्ने उनको भनाइ छ । करिब २५ वर्षअघिको योजना जीर्ण भएकाले पनि यस क्षेत्रमा पटक पटक समस्या आउने गरेको छ । मर्मतका लागिसमेत स्थानीयको सहयोग नहुने गरेको समितिको गुनासो छ ।

विगत तीन वर्षदेखि नयाँ खाने पानीको काम सुरु भए पनि अझैसम्म सम्पन्न हुन सकेको छैन । शीतगंगा– ३ खस्रका ७० हजार र ५० हजार लिटरका तथा वडा नम्बर– ४ को जोगिनिकोटमा ७० हजार लिटरको नयाँ ट्याङ्की बनेको दुई वर्ष भए पनि अहिलेसम्म पानी पुग्नसकेको छैन ।

पुरानो १६ हजार लिटर क्षमताको ट्याङ्कीको पानी प्रयोग गर्ने वडा नम्बर– ३ मा करिब ४०० घर रहेका छन् । ती घरका लागि ४० वटा धारा रहेका छन् ।

एउटा धारामा छदेखि १० घर परिवारले पानी भर्ने गरेका छन् । ट्याङ्की भरी हुँदा पनि बढीमा दुईदेखि तीन घण्टामै पानी रित्तिने गरेको स्थानीय हरि श्रेष्ठले बताए ।

लिफ्टिङ खानेपानीसमेत सानो टयाङ्की भएकाले उपभोत्ताको घरमा बढीमा ३० मिनेट मात्र पानी पुग्ने गरेको छ । पानीको चरम अभाव भए पनि स्थानीय सरकार तथा प्रदेश सरकाले उल्लेख्य काम गर्न नसकेको स्थानीयको गुनासो छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top