कांग्रेसमा महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने

१९ असोज ७८, मंगलबार
Share this
688shares

१९ असाेज, काठमाडाैँ ।

Advertisement

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवार हुन पाउने व्यवस्था गरेकाे छ ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सोमबार पत्राचार गर्दै महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने उल्लेख गरेका छन्।यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ।

Advertisement

कांग्रेस निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने नियम थियो। यो नियम कांग्रेसले हटाएको छ।

दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि जितेका व्यक्ति मात्रै जिल्ला सभापति पदको उम्मेदवार हुन पाउँछन्। तर महाधिवेशन प्रतिनिधि हारेका व्यक्ति सभापतिबाहेक पदमा उठ्न पाइने भएको हो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top