प्रतिनिधिसभामा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

१८ असोज ७८, मंगलबार

१९ असाेज, काठमाडौँ ।

Advertisement

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधका बीच “राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७” पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, पेश गरेका हुन् ।

Advertisement

बैठक शुरु भए लगत्तै रोष्टम अगाडी पुगेर प्रमुख प्रतिपक्ष दलका सांसदहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को विधि प्रक्रिया पालना गर्दै नियमित प्रक्रियामा प्रवेश गरी आफ्ना भनाई राख्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गरे ।

बैठक नियमित रुपमा अवरुद्ध हुँदा संसदप्रति आम मानिसको वितृष्णा हुने कुरामा सबै सचेत बन्नु पर्ने तर्फ सांसदको ध्यानाकर्षण गराउदै सभामुख सापकोटाले बैठक सञ्चालन गर्न सहयोग गर्न सांसदहरूलाई पटक पटक आग्रह गरेका थिए ।

Advertisement

प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रवार दिउसो १ बजे बस्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top