यौनधन्दा चलाएको आरोपमा एक महिला पक्राउ, पाँच किशोरीको उद्दार

१९ असोज, काठमाडौं।

Advertisement

काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन धन्दामा लगाइएका पाँच किशोरीकाे उद्दार  गरिएकाे छ ।  केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा सोमबार किशोरीहरुलाई उद्दार गरेकाे हाे ।

यौन धन्दा चलाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई पक्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखि १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

Advertisement

केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top