चोरीका २१ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

१९ असाेज, काठमाडाैँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटा मोटरसाइकल र स्कूटर सवारी धनिलाई जिम्मा लगाएको हो ।

हराएका मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईले हराउनु भन्दा पहिले नै सवारी चालकहरु शतर्क रहनुपर्ने बताए । उनले हराएपछि प्रहरीले खोज्ने र बुझाउने प्रक्रिया धेरै भइसकेको भन्दै अब सवारीसाधन चालकहरुले आफ्नो सवारीसाधन कस्तो ठाउँमा छ र कसरी हराउन नदिने भनेर सोच्नुपर्ने बताए । उनले ट्राफिक प्रहरीले पनि सवारीसाधन हराउन नदिनका लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता दोहो¥याए ।

प्रमुख भट्टराईले भने, ‘हराउने र यसको खोजि हुने, फेरि सवारीचालकहरुलाई बुझाउने यो क्रम लामो समयदेखि चलिरहेको छ,अहिले पनि त्यही अवस्थामा छौँ, तर हामी अब मोटरसाइकल खोज्ने हस्तान्तरण गर्ने मात्र होइन, मोटरसाइकल नै हराउन नदिन केही उपाय खेजिरहेका छौँ, मोटरसाइकल हराउन नदिन के गर्ने भन्नेबारेमा हामी अलिकति सोच्ने, चिन्तन गर्ने कुरा छ,हराउने फेरि ल्याएर बुझाउने र चोर्नेलाई कारबाहीको दायरामा ल्याउने मात्रै होइन,हराउनै नदिन के गर्ने भनेर सोच्नुपर्छ ।’

मोटरसाइकल हराउन नदिन प्रहरीसँगै चालक पनि सचेत बन्नुपर्छ

प्रमुख भट्टराईले मोटरसाइकल हराउन नदिनका लागि प्रहरी मात्रै नभएर मोटरसाइकल धनी पनि त्यत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले अब सवारीसाधन हराउन नदिनका लागि चालक र ट्राफिक प्रहरीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top