१६ हजार नमूना परीक्षण गर्दा ९६८ जनामा काेराेना संक्रमण पुष्टि

१९ असोज, काठमाडौं।
नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

पीसीआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। ११ हजार ५८२ जनाको पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।

Advertisement

सोही अवधिमा एक हजार ११४ जना संक्रमित कोरोनामुक्त भएका छन्। कोरोनाबाट निको हुनेको दर ९६।६ प्रतिशत छ। हाल देशभर सक्रिय संक्रितको संख्या १६ हजार २४८ रहेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय २ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ संक्रमित थपिएका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top