काठमाडौँमा बजार अनुगमन, तीन पसललाई तत्कालै कारबाही

१९ असाेज, काठमाडाैँ ।

Advertisement

सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो ।

बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए । उनले पसलहरुले बिक्री गरिरहेका लताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए । अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको बताए । उनले तीन जनालाई तत्काल जरिबाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए । उनले पसलमा मुख्य व्यापारी नभएकोले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताए।

Advertisement

निरिक्षण अधिकृत झाले भने, ‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ, आज न्यूरोड र मख्खनगढीमा हाम्रो टोलीले अनुगमन गरेको छ, त्यहाँका ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेका छौँ, त्यसमध्ये ३ वटालाई तत्काल कारबाही गरेका छौँ भने बाँकी तीन वटालाई विभागमा बोलाएका छौँ ।’

निरिक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top