घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने, बन्दी प्रत्यक्षीकरण मुद्दा भने हेरिने

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने, बन्दी प्रत्यक्षीकरण मुद्दा भने हेरिने

१९ असाेज, काठमाडौँ ।

सर्वोच्च अदालतले दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको टुङ्गो लगाएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले दसैँ बिदा र बिदाका समयमा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदन उपर आदेश गर्नका लागि न्यायाधीशहरूको टुङ्गो लगाएको हो ।

बैठकले सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने र बिदाको समयमा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्न बार अनुसार न्यायाधीशहरूको टुङ्गो लगाएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा केन्द्रित समाचारका विषयमा समेत छलफल हुन सक्ने आकलन गरिए पनि बिदा र न्यायाधीश तोक्ने बाहेक अन्य विषयमा कुनै छलफल नभएको सर्वोच्च प्रशासनले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.