×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

विधेयक फिर्ता लिएर संसद् अधिवेशन अन्त्य गर्ने तयारी

२० आश्विन २०७८

काठमाडौं: सरकारले संसद्मा विचाराधीन केही विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय स्रोतका अनुसार सरकारले रेलसम्बन्धी विधेयक, संघीय निजामती सेवा विधेयक, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक फिर्ता लिन संसद् सचिवालयमा र आन्तरिक छलफल गरिरहेको छ ।

‘संसद्मा विचाराधीन विधेयकसँगै मिल्ने अध्यादेश ल्याउँदा आलोचना हुने भएपछि विधेयक नै फिर्ता गर्ने पहल चलिरहेको छ,’ स्रोतले भन्यो । सरकारले फिर्ता गर्न चाहेको रेल विधेयक राष्ट्रिय सभाबाट र निजमती विधेयक प्रतिनिधिसभाको समितिबाट पारित भइसकेका छन् । प्रतिनिधिसभामा अहिले प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेको र संसद्को हिउँदे अधिवेशन पुसपछि मात्रै हुने भएकाले तत्काललाई कानुनी शून्यता हटाउन सरकारले अध्यादेश ल्याउन चाहेको स्रोतले जनाएको छ । ‘विधेयक फिर्ताका विषयमा संसद् सचिवालयमा एक चरण छलफल भइसक्यो । सरकारले कुन–कुन विधेयक फिर्ता लिने भनेर निर्णय गर्न बाँकी छ,’ कानुन मन्त्रालय स्रोतले भन्यो ।

Advertisement
Advertisement

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर विधेयक फिर्ता लिन सकिने विषयमा अनौपचारिक जानकारी गराएका छन् । प्रतिनिधिसभाको अर्को बैठक २२ गतेलाई तय गरिएको छ भने राष्ट्रिय सभाको बैठक असोज २४ का लागि तोकिएको छ । संसद् बैठक चलिरहे पनि बिजनेस शून्य छ । प्रमुख प्रतिपक्ष एमालेका सांसदले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै बैठक सुरु हुने बित्तिकै अवरुद्ध गर्दै आएका छन् । मंगलबारको बैठक ८ मिनेट मात्रै चलेको थियो ।

कानुनमन्त्री कार्कीले प्रधानमन्त्रीका तर्फबाट दलित आयोगको प्रतिवेदन बुझाएपछि बैठक स्थगित भएको थियो । यसअघि असोज ११ मा ६ मिनेट र असोज १४ मा ९ मिनेट बैठक चलेको थियो । संसद्को नवौं अधिवेशन भदौ २३ देखि जारी छ । सुरुदेखि नै जारी एमालेको विरोधबीच सरकारले बजेटसम्बन्धी तीन वटा विधेयक भने पारित गरिसकेको छ ।

सरकारले फिर्ता लिन चाहेको रेल विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा सन्देशसहित टेबुल भइसकेको छ । कानुन अभावमा रेल सञ्चालन र कर्मचारी नियुक्ति हुन नसकेपछि सरकारले यसअघि पनि अध्यादेश ल्याएको थियो ।

सरकारले विधेयक फिर्ता लिएर पुनः अध्यादेशको बाटो रोज्न लागेको हो । सरकारले फिर्ता लिन चाहेको संघीय निजामती सेवा विधेयक संसद्मा अड्किँदा कर्मचारी व्यवस्थापन गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । एसिडपीडितलाई न्याय दिने र आक्रमणकारीलाई कडा सजाय तोकिएको विधेयक पनि संसद्मा रोकिएपछि विधेयक नै फिर्ता लिएर पुनः अध्यादेश ल्याउन सरकारले कसरत गरेको हो ।

फिर्ता कसरी हुन्छ ?

प्रतिनिधिसभा नियमावलीको नियम १२१ मा सरकारले विधेयक फिर्ता लिन सक्ने प्रावधान छ । नियमावलीअनुसार सरकारले संसद्मा पेस गरेको विधेयक फिर्ता लिन अनुमति माग्ने प्रस्ताव पेस गर्न चाहे एक दिनअगावै संसद्मा सूचना दिनुपर्ने हुन्छ ।

विधेयक संसदीय समितिमा विचाराधीन रहेको अवस्थामा सरकारले फिर्ता लिने प्रस्ताव प्रस्तुत भए समितिले बैठकमा प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । संसद्मा विचाराधीन विधेयक फिर्ताका लागि सरकारले सभामुखको अनुमति लिएर प्र्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।

Advertisement

विधेयकलाई फिर्ता लिने प्रस्तावको कुनै सांसदले विरोध गरे प्रस्ताव गर्ने तथा विरोध गर्ने सदस्यलाई सभामुखले संक्षिप्त वक्तव्यका लागि अनुमति दिनुपर्ने हुन्छ । त्यसपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ पेस गर्नेछन् । संसद्मा दर्ता मात्रै भएको विधेयकका हकमा सदनमा निर्णयार्थ पेस गरिरहनु पर्दैन । राष्ट्रिय सभामा उत्पत्ति भएको रेल विधेयक प्रतिनिधिसभामा विचाराधीन अवस्थाको विधेयक फिर्ता लिन राष्ट्रिय सभाको सहमति लिनुपर्ने हुन्छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top