खुला आकाशमुनि सयौं झाडा पखालाका बिरामी, दुई जनाको मृत्यु

१९ असोज ७८, बुधबार

कपिलवस्तु : कृष्णनगर नगरपालिकाका तीन वटा वडामा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म दुई सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।

झाडा पखालाका कारण कृष्णनगर–९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर–८ का ४० वर्षीय रामप्रसाद केबटको मृत्यु भएको मेसु डा. मुकेश चौधरीले बताए । कश्यपको निजी क्लिनिक र केबटको घरमै मृत्यु भएको हो । कृष्णनगर–७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका बासिन्दा बिरामी परेका हुन् ।

बहादुरगन्जस्थित शिवराज अस्पतालमा मंगलबार दिउँसोसम्म ८५ जनाको उपचार भइरहेको थियो । साँझ एकैपटक ३५ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । अस्पताल भरिएपछि कतिपयले गाउँका निजी क्लिनिकमा उपचार गराइरहेका छन् । सामान्य समस्या भएका घरमै उपचाररत छन् । साँझसम्म सिकिस्त भएका २३ जनालाई थप उपचारका लागि बुटवल र भैरहवा रेफर गरिएको छ । ‘१५ बेडको अस्पतालमा साधनस्रोत कम छ,’ अस्पतालका निमित्त मेसु डा. चौधरीले भने, ‘त्यही भएर बढी थलिएका बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरेका छौं ।’

राति एकाएक बिरामी बढेपछि आफूहरू आत्तिए पनि अहिले स्थिति केही सहज हुँदै गएको डा. चौधरीले बताए । ‘सुरुमा सोमबार साँझ ५÷६ बजेतिर ५-७ जना बिरामी आएका थिए । सामान्य रूपमा लिएर उपचार गर्‍यौं,’ डा. चौधरीले भने, ‘राति ११ बजेपछि बढ्दै गए, बिहानसम्म अस्पतालमा एक सयभन्दा बढी बिरामी आए ।’

अस्पतालमा बिरामीको चाप नघटेपछि बेड भाडामा ल्याएर भवनबाहिर टेन्ट हालेर उपचार भइरहेको छ । ड्रेसिङ रुम, इमर्जेन्सी र ग्यालरीलगायत ठाउँमा समेत बेड राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालमा ठाउँ नपुगेपछि बहादुरगन्जका ८÷१० वटा निजी क्लिनिकमा पनि झण्डै एक सय जनाले उपचार गराइरहेको स्थानीय सञ्चारकर्मी मनीषमंगल गुप्ताले बताए । ‘सिकिस्त नभएकाहरू घरमै प्राथमिक उपचार गरेर बसेका छन्,’ उनले भने, ‘अलि सिकिस्त भएका मात्र अस्पताल आएका हुन् । घरमै उपचार गराइरहेका पनि ६० जनाभन्दा बढी छन् ।’

अस्पतालमा बेड अभाव हुँदा एउटैमा दुई जना बस्नुपरेको बिरामी शेषकुमार चौधरीले बताए । ‘ठाउँ नभएर कोचाकोच र अप्ठ्यारोमा उपचार गराउनुपरेको छ । यसले बिरामीलाई गाह्रो भइरहेको छ,’ उनले भने ।

बिरामीलाई बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण छन् । ल्याब परीक्षण नभएसम्म यकिन भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । स्वास्थ्य कार्यालयले फरक–फरक ठाउँका ५ जना बिरामीको दिसा परीक्षणका लागि तौलिहवा अस्पताल पठाएको छ । त्यसको रिपोर्ट आएपछि मात्र धेरै कुरा थाहा हुने कार्यालय प्रमुख पाण्डेले बताए । अहिले घण्टामा ८-१० जना बिरामी आइरहे पनि स्थिति नियन्त्रणमै रहेको उनको भनाइ छ ।

मंगलबार दिउँसो जिल्लाबाट थप स्वास्थ्यकर्मी आएपछि उपचारका लागि केही सहज भएको डा. चौधरीले बताए । शिवराज अस्पतालमा एक मात्र चिकित्सक भएकाले मंगलबार तौलिहवाबाट दुई चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरेका थिए ।

कृष्णनगरकै विभिन्न स्वास्थ्यचौकीबाट पनि स्वास्थ्यकर्मी झिकाइएको छ । तौलिहवाको टोली फर्किएको र प्रदेशबाट दुई जना चिकित्सक आउने कुरा भइरहेको डा. चौधरीले बताए । पिउने पानीका कारण प्रकोप फैलिएको आंशका लागेकाले परीक्षणका लागि पठाइएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । ‘सुरुमा सुखरामपुरबाट समस्या आयो,’ उनले भने, ‘त्यहींको पानी परीक्षण गर्न पठाएका छौं । रिपोर्ट आएपछि धेरै कुरा थाहा हुन्छ ।’ उनका अनुसार नगरपालिकाले औषधि र स्वास्थ्यकर्मीको टोली पनि पठाएको छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top