NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

खुला आकाशमुनि सयौं झाडा पखालाका बिरामी, दुई जनाको मृत्यु

बुधबार अशोज २० , २०७८
Reading Time: 1 min read
A A
खुला आकाशमुनि सयौं झाडा पखालाका बिरामी, दुई जनाको मृत्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

कपिलवस्तु : कृष्णनगर नगरपालिकाका तीन वटा वडामा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म दुई सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।

झाडा पखालाका कारण कृष्णनगर–९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर–८ का ४० वर्षीय रामप्रसाद केबटको मृत्यु भएको मेसु डा. मुकेश चौधरीले बताए । कश्यपको निजी क्लिनिक र केबटको घरमै मृत्यु भएको हो । कृष्णनगर–७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका बासिन्दा बिरामी परेका हुन् ।

बहादुरगन्जस्थित शिवराज अस्पतालमा मंगलबार दिउँसोसम्म ८५ जनाको उपचार भइरहेको थियो । साँझ एकैपटक ३५ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । अस्पताल भरिएपछि कतिपयले गाउँका निजी क्लिनिकमा उपचार गराइरहेका छन् । सामान्य समस्या भएका घरमै उपचाररत छन् । साँझसम्म सिकिस्त भएका २३ जनालाई थप उपचारका लागि बुटवल र भैरहवा रेफर गरिएको छ । ‘१५ बेडको अस्पतालमा साधनस्रोत कम छ,’ अस्पतालका निमित्त मेसु डा. चौधरीले भने, ‘त्यही भएर बढी थलिएका बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरेका छौं ।’

Advertisement

राति एकाएक बिरामी बढेपछि आफूहरू आत्तिए पनि अहिले स्थिति केही सहज हुँदै गएको डा. चौधरीले बताए । ‘सुरुमा सोमबार साँझ ५÷६ बजेतिर ५-७ जना बिरामी आएका थिए । सामान्य रूपमा लिएर उपचार गर्‍यौं,’ डा. चौधरीले भने, ‘राति ११ बजेपछि बढ्दै गए, बिहानसम्म अस्पतालमा एक सयभन्दा बढी बिरामी आए ।’

अस्पतालमा बिरामीको चाप नघटेपछि बेड भाडामा ल्याएर भवनबाहिर टेन्ट हालेर उपचार भइरहेको छ । ड्रेसिङ रुम, इमर्जेन्सी र ग्यालरीलगायत ठाउँमा समेत बेड राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालमा ठाउँ नपुगेपछि बहादुरगन्जका ८÷१० वटा निजी क्लिनिकमा पनि झण्डै एक सय जनाले उपचार गराइरहेको स्थानीय सञ्चारकर्मी मनीषमंगल गुप्ताले बताए । ‘सिकिस्त नभएकाहरू घरमै प्राथमिक उपचार गरेर बसेका छन्,’ उनले भने, ‘अलि सिकिस्त भएका मात्र अस्पताल आएका हुन् । घरमै उपचार गराइरहेका पनि ६० जनाभन्दा बढी छन् ।’

अस्पतालमा बेड अभाव हुँदा एउटैमा दुई जना बस्नुपरेको बिरामी शेषकुमार चौधरीले बताए । ‘ठाउँ नभएर कोचाकोच र अप्ठ्यारोमा उपचार गराउनुपरेको छ । यसले बिरामीलाई गाह्रो भइरहेको छ,’ उनले भने ।

बिरामीलाई बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण छन् । ल्याब परीक्षण नभएसम्म यकिन भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । स्वास्थ्य कार्यालयले फरक–फरक ठाउँका ५ जना बिरामीको दिसा परीक्षणका लागि तौलिहवा अस्पताल पठाएको छ । त्यसको रिपोर्ट आएपछि मात्र धेरै कुरा थाहा हुने कार्यालय प्रमुख पाण्डेले बताए । अहिले घण्टामा ८-१० जना बिरामी आइरहे पनि स्थिति नियन्त्रणमै रहेको उनको भनाइ छ ।

मंगलबार दिउँसो जिल्लाबाट थप स्वास्थ्यकर्मी आएपछि उपचारका लागि केही सहज भएको डा. चौधरीले बताए । शिवराज अस्पतालमा एक मात्र चिकित्सक भएकाले मंगलबार तौलिहवाबाट दुई चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरेका थिए ।

कृष्णनगरकै विभिन्न स्वास्थ्यचौकीबाट पनि स्वास्थ्यकर्मी झिकाइएको छ । तौलिहवाको टोली फर्किएको र प्रदेशबाट दुई जना चिकित्सक आउने कुरा भइरहेको डा. चौधरीले बताए । पिउने पानीका कारण प्रकोप फैलिएको आंशका लागेकाले परीक्षणका लागि पठाइएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । ‘सुरुमा सुखरामपुरबाट समस्या आयो,’ उनले भने, ‘त्यहींको पानी परीक्षण गर्न पठाएका छौं । रिपोर्ट आएपछि धेरै कुरा थाहा हुन्छ ।’ उनका अनुसार नगरपालिकाले औषधि र स्वास्थ्यकर्मीको टोली पनि पठाएको छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.