लुम्बिनी प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै

२० असोज, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ।

Advertisement

प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने बताएको छ । एमालेले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने मागसहित लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष ०७८–०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।

Advertisement

प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top