कपिलवस्तुको कृष्णनगरमा झाडापखालाले २ जनाको मृत्यु, दुई सय भन्दा धेरै अस्पताल भर्ना

२० असोज, कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाले दुई जनाको मृत्यु भएको छ। कृष्णनगरको तीन वटा वडामा फैलिएको झाडापखालाका कारण दुई सय भन्दा धेरै बिरामी अस्पताल भर्ना भएका छन्।

नगरपालिकाको वडा नम्बर ७, ८,९ मा बान्ता र झाडापखालाका बिरामी भेटिएका नगरपालिकाका सूचना अधिकारी कामेश्वर प्रसाद दुवेले जानकारी दिए।

झाडापखालाका कारण दुई जनाको ज्यान गएको उनले बताए। स्थानीय शिवराज अस्पताल र क्लिलिनहरुमा बिरामीको उपचार भइरहेको उनको भनाइ छ।

नगरपालिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर,लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी बढिरहेको दुवेले जानकारी दिए।

बिरामीको चाप बढेपछि अस्पतालमा शय्या अभाव भएपछि एउटै बेडमा दुई जना र कतिपयलाई खुला आकाशमुनि उपचार गर्नुपर्ने अवस्था आएको शिवराज अस्पतालका सूचना अधिकारी रविप्रकाश उपाध्यायले बताए।

बिरामीको संख्या धेरै भएपछि अस्पतालको बाहिर डोरी टाँगेर स्लाइन दिने व्यवस्था मिलाइएको छ।

गम्भीर अवस्थाका बिरामीलाई जिल्ला अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ। बिरामीहरुमा धेरेजसो बालबालिका रहेका छन्।

झाडापखाला कसरी फैलियो भन्नेबारे पत्ता लाग्न सकेको छैन। यसबारे अध्ययन भइरहेको दुवेले बताए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top