अनुसन्धानमा सम्झौता नगर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

२० असोज, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।

प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्त गरे।

ुनिष्पक्ष अनुसन्धान कानुनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहिनताको अन्त्य गर्नसक्छ, शक्तिबाट प्रभावित नभइ निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छुु, राजधानीमा आज आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले भने।

विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा सङ्गठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरी फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रधानमन्त्री देउवाले प्रहरीलाई सुझाव दिए।

उनले प्रहरी सङ्गठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अङ्गको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको सन्दर्भ जोड्दै प्रधानमन्त्री देउवाले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको बताए । उनले प्रहरीलाई व्यावसायिक सफलताको शुभकामना पनि दिए।

उक्त समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले अपराध अनुसन्धान तथा त्यसको नियन्त्रण, अनुशासन र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधानस्रोत सम्पन्न गराउने विषयमा सरकार गम्भीर रहेको जानकारी दिए । उनले नयाँ चुनौती सामना गर्न प्रहरीलाई सरकारको पूर्ण साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जनाए।

गृहमन्त्री खाँडले नेपाली जनताको जीवन रक्षाका लागि जुनसुकै विपद् तथा महामारीका बेला आफ्नो जीवनको पर्वाह नगरी दायित्वपालना गर्ने प्रहरी कर्मचारीको योगदानको प्रशंसा पनि गरे ।

जनआक्रोश र आक्रमणको पहिलो शिकार नै नेपाल प्रहरी हुने गरेको स्मरण गर्दै गृहमन्त्री खाँडले सङ्गठनको संरचना बलियो बनाउन सन्तुलित निर्णयको खाँचो औँल्याए।

उनले सरकार प्रहरीमैत्री बन्दै क्षमता विकास गर्ने प्रतिबद्धता पनि जनाए। समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लागिएको जानकारी दिए। उनले व्यावसायिक, जुझारु र आँटिला प्रहरी कर्मचारीका कारण नेपाल प्रहरी अविच्छिन्न अस्तित्वमा रहेको उल्लेख गरे।

प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ महामारीका बीच अपराध नियन्त्रण, सङ्गठन सुदृढीकरण तथा अभियुक्त पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विगतमा भन्दा प्रगित हासिल गरेको जानकारी दिए।

समारोहमा प्रधानमन्त्री देउवाले पहिलो महिला प्रहरी (पूर्व प्रहरी सहायक निरीक्षक) चैतमाया डङ्गोललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेका थिए । उनले विसं २००८मा पहिलो महिला प्रहरीको रुपमा सेवा थालेकी थिइन्। झण्डै ९० वर्ष पुगेकी डङ्गोलले ३२ वर्ष प्रहरीमा सेवा गरेकी थिइन्।

समारोहमा प्रधानमन्त्री देउवाले अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए । त्यसअघि प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए।

प्रहरी दिवसको अवसरमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरिएको थियो। त्यसमध्ये सात जनालाई काठमाडौँबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमार्फत सम्मान गरिएको थियो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top