चितवन इपिएलको फाइनलमा

२० असाेज, काठमाडौं।

पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) काे फाइनलमा पुगेको छ । इपिएलको पहिलो क्वालिफायरमा चितवनले बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शनका साथ पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार टियु मैदानमा जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर मोहम्मद शाहजादले २६ बलमा ७ चौका र २ छक्का सहित ४८ रनमा क्याच आउट भए । शाहजाद नन्दन यादवको बलमा कट एण्डबोल्ड आउट हुन पुगेका थिए ।

हासिम अन्सारी २० बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । करिम जन्नत ४ रनमा अविजित रहे । हासिमले जारी इपिएलमा पहिलो खेल खेलेका हुन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । चितवनको घातक बलिङ सामु पोखरा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७.५ ओभरमा ४०-१ को अवस्थामा रहेको पोखराले खराब ब्याटिङ गर्दै बाँकी १६ रन जोड्न ९ विकेट गुमाएपछि ६६ रनमै अल आउट भएको हो । यो इपिएल इतिहासकै सर्वाधिक कम योगफल हो । यसअघि २०१८ मा पोखराले विराटनगर वारियर्सविरुद्ध सर्वाधिक कम ८४ रन बनाएको थियो ।

कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै चितवनलाई महत्वपूर्ण सफलता दिलाएका थिए। लेभी १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । आठौं ओभरको अन्तिम बलमा स्पिनर सागर ढकालले ओपनर सुनिल धमलालाई १८ रनमा बोल्ड आउट गरे । धमलाले ३१ बलमा २ चौका प्रहार गरे ।

स्पिनर साहब आलमले नवौं ओभरको दोस्रो बलमा कप्तान विनोद भण्डारीलाई शून्यमा एलबीडब्लू आउट गरे । विनोद पहिलो बलमै आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । तीन बलपछि साहबले सहान अर्चाचिगेलाई ३ रनमा विकेटकिपर मोहम्मद शाहजादबाट क्याच आउट गराए ।

दशौं ओभरको पहिलो बलमा सागरले असेला गुणरत्नेलाई १ रनमा बोल्ड आउट गर्दै पोखरालाई ४३-५ को अवस्थामा पुगेको थियो । सागरले विवेक यादवलाई २ रनमा एलबीडब्लू आउट गरेपछि पोखरा संकटमा पुगेको छ । पोखराले अन्तिम पाँच रन जोड्न ५ प्रमुख ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको थियो । लोकेश बम ५ र विक्रम सोब ३ रनमा आउट भए ।

सुशान भारी १२ रनमा आउट भए । स्पिनर सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । साहब आलमले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र सोमपाल कामीको नाममा १-१ विकेट रह्यो ।

चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । यसअघि २०१७ मा लिगमा पुछारमा हुँदै बाहिरिएको थियो । २०१८ मा एलिमिनेटरमा भैरहवासँग पराजित भएको थियो । चितवनले फाइनलमा उपाधिको लागि दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । लिगको खेलमा चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो ।

एलिमिनेटर खेलमा आजनै काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदै । एलिमिनेटरको विजेताले बिहीबार फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछन् । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख प्राप्त गर्नेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top