चीनले ९ करोड बराबरको मेडिकल सहयोग उपलब्ध गराउने

२० असोज ७८, बुधबार
Share this
668shares

२० असाेज, काठमाडौं।

Advertisement

कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि चीन सरकारले नेपाललाई ९ करोड बराबरको थप मेडिकल सहयोग गर्ने भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट ५० लाख चिनियाँ युआन (९ करोड २४ लाख) रुपैयाँ बराबरको मेडिकल सहयोग उपलब्ध हुन लागेको जानकारी दिएका छन्।

Advertisement

कोरोना भाइरस संक्रमणको न्यूनीकरण तथा रोकथामसँग सम्बन्धित प्रयासका लागि चीन सरकारले थप मेडिकल सहयोग उपलब्ध गराउन लागेको हो।

यस्तै, सिनोभ्याक कम्पनीले उत्पादन गरेको १० लाख डोज कोभिड खोप पनि सहायताका रुपमा उपलब्ध हुन लागेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन्।

Advertisement

चीन सरकारले नेपाली सेनाका लागि उपलब्ध गराउने भनेको ३ लाख डोज भेरोसेल पनि पठाइसकेको छ। यस्तै, चीनबाट प्राप्त हुने १६ लाख डोज भेरोसेल खोप आगामी कात्तिक ३, ५ र ६ गते नेपाल आइपुग्ने राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top