कांग्रेसले छान्न सकेन मन्त्री, मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुने संकेत

२१ असोज, काठमाडौं।

सरकारमा सहभागी हुने थप मन्त्रीका विषयमा सहमति जुटाउन बसेको नेपाली कांग्रेसको वैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती बसेको शीर्ष नेताको बैठक मन्त्री बन्नेको नाम टुङ्गो नलगाई सकिएको हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले  सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना तर्फबाट तीन जना मन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, देउवाले पौडेलको प्रस्ताव अनुसार मन्त्री बनाउन नसकिने बताएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो । बैठकपछि एक नेताले भने, ‘हामीले तीन जना हुनुपर्छ भनेर माग ग¥यौं । उहाँले सकिँदैन भन्नु भयो । त्यसपछि हामी उठ्यौं । कुरा मिल्नै बाँकी छ भोलि नै मन्त्रिपरिषद् विस्तार होला जस्तो देखिंदैन ।’

बैठकमा वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका नेता सहभागी थिए । बालुवाटार बैठकअघि पौडेल र सिटौलाले आफूनिकट नेताहरुसँग छुट्टै छलफल गरेका थिए । पौडेल समूहले कांग्रेसले पाउने सात मन्त्रालयमध्ये त्यसको ४० प्रतिशत बराबरको संख्यामा आफूहरुले भाग पाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

सरकार गठन भएको करिब ३ महिना पुग्न लाग्दा गठबन्धनमा बल्ल मन्त्रालय बाँडफाँडको सहमति भएको छ । मंगलबारको सहमतिबमोजिम कांग्रेसले अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने छ । तर, दलहरुले मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा भने अझै केही दिन लाग्न सक्ने देखिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top