सहयोगकै भरमा दशैँ मनाउँछन् चेपाङ परिवार

२० असोज ७८, बिहीबार

२१ असोज, लमजुङ ।

सात पुस्ताअघि मकवानपुरको लोथरबाट वरबोट फाँटमा आएर बसोबास गर्दै आएको चेपाङ समुदायको जीवनशैली निकै कष्टकर रहेको छ ।

साँझ–बिहान हातमुख जोड्न धौधौ पर्ने चेपाङ समुदाय कतैबाट राहत पाउँदा खुसीको सास फेर्छन् । चेपाङ समुदायकी अगुवा अमृता चेपाङले कसैले खाद्यान्न र कसैले लत्ताकपडा सहयोग गर्ने गरेको बताइन् ।

‘हामी दुःखी, गरिब छौँ, आर्थिक अवस्था कमजोर छ भनेर ल्याइदिएका होलान् । दशैँ, तिहार जस्ता चाड पनि अरूले ल्याइदिएको अन्नले मान्नुपर्छ’, उनले भनिन् ।

वरबोट फाँटमा नौ र हिलेटक्सारको भिरकुनामा दुई घर गरी जिल्लामा कुल ११ घर चेपाङको बसोबास रहेको छ । आर्थिक, शैक्षिक, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले निकै पछाडि परेका चेपाङहरूको गुजारा सामान्य ज्याला मजदुरी, अधियाँ प्रथाको खेतीबाली, बाख्रा र कुखुरा पालनबाट चल्दै आएको ६५ वर्षीया सुकमान चेपाङ बताउँछन् ।

बासका लागि अधिकांशको घर छैन, कच्ची पर्खालमा जस्ताले छाएको अस्थायी टहरामा बस्दै आएका छन् । आफ्नै पर्याप्त जग्गा नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन् ।

सुकमानका अनुसार चेपाङका परिवार अझै पनि गिठा–भ्याकुर खाएर बाँच्नुपर्ने अवस्था छ । अचेल त्यही गिठा–भ्याकुर पनि पाउन मुस्किल परेको उनले बताए । ‘जग्गा जमिन छैन । हामी सबै अरूको काम गरेर खाने मान्छे हौँ’, उनले भने ।

उनले सहयोग पाएपछि मात्र बस्तीमा रमाइलोको रौनक छाउने बताए । बालबालिका कोही नाङ्गै, कोही झुत्रा र फोहोर लुगा बेरिएर बस्न बाध्य भएको उनले बताए । चेपाङ संघकी जिल्ला अध्यक्ष कल्पना चेपाङका अनुसार खान, लगाउनकै लागि चेपाङ समुदायलाई ऋण गनुपर्ने बाध्यता छ ।

धेरैजसो बालबालिका पढ्नमा भन्दा घरायसी कामकाज, ज्यालामा मेलापात, गाईबस्तुको गोठालो, भाइबहिनी हेर्ने काममा व्यस्त हुने स्थानीय गोविन्दराज पन्त बताउँछन् ।

अझै पनि गाउँमा सचेतनाको कमी रहेको उनको भनाइ छ । वर्षौंदेखि आर्थिक समस्या खेप्दै आएका चेपाङको जीवनयापनमा २०७२ वैशाखमा गएको भूकम्पले थप जटिलता निम्त्याएको पन्तले बताए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top