एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दै

२० असोज ७८, बिहीबार

२१ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्।

दल विभाजनको समयमा एमालेमै बसेका उनी बिहीबार एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्।

Advertisement

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले जोशी आज औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको जानकारी दिए।

दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरुलाई दिएको भदौं २२ को समयसीमा भित्र नै उनले एकीकृत रोज्ने बताएका थिए। तर, उनी एमालेमै बसे। त्यही कारण एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन। अन्तिमा उनी एमालेमै रहने भएपछि एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो।

Advertisement

जोशी नेकपा रहँदा माधव नेपाल–प्रचण्ड समूहमा थिए भने एमालेभित्रको अन्तरसंघर्षको समयमा नेपाल समूहमा रहेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top