आज मन्त्रिपरिषद विस्तार नहुने, मन्त्रालय भागवण्डामा अझै विवाद

२१ असोज, काठमाडौं ।

बिहीबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

भागवण्डा नमिलेपछि सत्ता गठबन्धनको बिहीबारको बैठक निष्कर्षमा नपुगी सकिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।

तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बताएको छ । अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले कैयौं दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना खेप्दै आएका छन्। गत मंगलबार नै मन्त्रालयको भागबण्डा टुंगिएको बताइए पनि एकीकृत समाजवादीभित्र असन्तुष्टि सिर्जना भएको थियो।

यद्यपि, आजको बैठकले प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको छ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top