कपिलवस्तुमा झाडापखाला नियन्त्रणमा आएन, ५० हजार क्लोरिन ट्याबलेट पठाइयो

१९ असोज, काठमाडौं ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रकोपको रुपमा झाडापखला फैलिएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक औषधि तथा जनशक्ति पठाएको छ ।

महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले कपिलवस्तु महामारीमा आवश्यक सामाग्रीसहित चिकित्सक टोली तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि बिहीबार बिहानै परिचालित गरिएको जानकारी दिए । ईपिडिमियोलोजिस्ट डा। शशी कँडेल, कौशलचन्द्र सुवेदी र विश्व स्वास्थ्य संगठनबाट डा। रविन गौतम प्रभावित स्थलमा गएका छन् ।

ईडिसिडीका अनुसार ५० हजार क्लोरिन ट्याबलेट कृष्णनगर र्पुयाइसकिएको छ । क्लोरिन पानी शुद्ध बनाउन प्रयोग गरिन्छ ।

असोज १८ देखि कृष्णनगर नगरपालिका वडा नं ३, ४,७,८,९ र १२ मा झाडापखाला तथा बान्ताका बिरामीहरु देखिएका छन् । उनीहरुको हाल शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बिहान ८ बजे सम्म ३७० जना बिरामी अस्पतालको सम्पर्कमा आए पनि साझा ५ बजे सम्म ४३० बिरामी पुगेका छन् । अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गराएका र गराइरहेका बिरामीहरूको संख्या १ सय ५० नाघेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top